![बेसारका चमत्कारिक फाइदासँगै थाहा पाउनुहोस् केही बेफाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2023/01/Besar.jpg)
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिएका थिए । सांसदहरूका आफ्ना-आफ्ना चाहनाअनुसार बजेट माग गरे पनि प्राथमिकताका आधारमा मात्रै बजेट छुट्याउन आवश्यक रहेको उनीहरूको भनाइ थियो । परम्परावादी बजेटलाई ब्रेक गरेर अघि बढे मात्रै शिक्षा क्षेत्रमा परिवर्तन गर्न सम्भव रहेको उनीहरूको जिकिर थियो ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले नयाँ आवमा शिक्षामा धेरै छुट्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले पुरानो र परम्परावादी बजेटबाट शिक्षा क्षेत्रमा सुधार गर्न सम्भव नहुने जिकिर गर्नुभयो ।
समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद इन्दिरा गौतमले शिक्षा विकासका मेरुदण्ड रहेकाले पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले बालविकास केन्द्रलाई अझै व्यवस्थित बनाइ शिक्षालाई अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरेले बाल विकासका शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्नुभयो । उहाँले बालबालिकाहरूको स्याहार गरेर बस्ने शिक्षक शिक्षिकाहरूको पारिश्रमिक पनि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले शिक्षा कुनै पनि देशको आर्थिक, सामाजिक विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेकाले शिक्षामा आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले बजेट राखेर मात्रै नहुने भन्दै कार्यान्वयनमा पनि जोड दिन सुझाव दिनुभयो ।
सुधारका लागि दलीय राजनीतिकरण अन्त्य जरुरी : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरूमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभयो । सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उहाँले विद्यालय र विश्वविद्यालयबाट दलीय राजनीति अन्त्य गर्नका लागि आफूले काम थालिसकेको सुनाउनुभयो । उहाँले शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा ५ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने उल्लेख गरिएको भन्दै आफूले सोही ऐनअनुसार काम अघि बढाइसकेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउनसके सरकारले अघि बढाएका कार्यक्रमहरू सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले देशमा शिक्षाको व्यापारीकरण भएको भन्दै शिक्षामा भइरहेको व्यापारको अन्त्य नगरेसम्म शिक्षा क्षेत्रका विकृति हट्न नसक्ने जिकिर गर्नुभयो । उहाँले शिक्षामा भइरहेको व्यापारको नियन्त्रण र नियमनका लागि मन्त्रालयले कार्यदल बनाएर अघि बढिसकेको जानकारी गराउनुभयो । मन्त्री श्रेष्ठले अबका दिनमा निःशुल्क शिक्षासँगै गुणस्तरीय शिक्षाको नारा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षामा राजनीतिकरण भएका कारणले सामुदायिक विद्यालयहरूबाट आउनुपर्ने जति नतिजा आउन नसकेको जिकिर गर्नुभयो ।
वायुसेवा निगम र उड्डयन प्राधिकरणका लागि दुईवटा उपसमिति बनाउन माग
नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुईवटा उपसमिति बनाउन सांसदहरूले माग गरेका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सांसदहरूले समितिमा वायुसेवा निगम र प्राधिकरण्का विषयमा बारम्बार छलफल हुने तर परिमाण नआउने गरेको भन्दै छुट्टै उपसमिति बनाएर अध्ययन गर्नुपर्ने माग राखेका हुन् ।
उनीहरूले समितिमा लामो समयको अन्तरमा छलफल हुने तर निचोड नआउने भएकाले उपसमितिमार्फत निगम र प्राधिकरणका गतिविधि अध्ययन र छानविन गरि सुझाव दिन सहज हुने बताए । सांसदहरूले समितिले नेपाल वायुसेवा निगमका कमजोरी सुधार गर्न पर्यटन मन्त्रीलाई जिम्मेवार बनाउन आवश्यक रहेको धारणा राखेका थिए । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले समितिले नेपाल एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भइरहेका गतिविधिको विषयमा अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति बनाउन माग गर्नुभयो ।
नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमका अध्यक्षलाई सोल्टी होटलको सेयर बिक्री गर्ने जिम्मा आफूहरूलाई दिन आग्रह गर्नुभयो । उहाँले सेयर बिक्री गरेर पैसा निगमलाई दिने बताउनुभयो । सांसद भट्टचनले नेपाल वायुसेवा नियमलाई तीन अर्ब रुपैयाँ बराबरको रकम सोल्टीको सेयर बेच्दा जम्मा हुने बताउनुभयो । उहाँले निगमले वार्षिक रूपमा ३० करोड घाटा व्यहोरिरहेको सुनाउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोल्टी होटलको सेयर र जग्गा बेचेर पैसा केही नगरी पैसा सकाएपछि के गर्ने ? भन्ने थप समस्या आउने बताउनुभयो । उहाँले सेयर, जग्गा बेचेर ऋण तिर्ने र निगमलाई सुधार गर्ने कुराभन्दा पहिला ५० अर्ब घाटामा गएको विषयमा छानविन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
नेकपा एमालेकी सचेतक सुनिता बरालले निगमको जहाजको लागि सामान्य पार्टहरू बिग्रँदा पनि उपलब्ध नहुने अवस्थामा निगम पुगेको सुनाउनुभयो । उहाँले यस्ता कुराहरूले नेपाल एअरलाइन्स कसरी विश्वसनीय हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
समिति बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरूसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताउनुभयो । अध्यक्ष अधिकारीले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको बताउनुभयो ।
उहाँले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई र सरकारले निगमलाई आरोप-प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको गुनासो गर्नुभएको थियो । निगम सुधारको लागि व्यावसायिक योजनाहरू बनाउने चरण रहेको भन्दै उहाँले बुद्धिष्ट सर्किटको लागि जहाजहरू लिजमा लिएर भए पनि काठमाडौं–बैंग्लोर, कोल्बो–काठमाडौं उडान गर्ने योजना रहेको जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच