मानिस स्थापित हुनका लागि उसको मिहिनेत परिश्रम नै सबैभन्दा उच्च मानिएको हुन्छ । परिवार समाजमा स्थापित हुनका लागि परिवारका सदस्य र पूर्वजले गरेका कामले निर्धारण गरेको हुन्छ । समाज स्थापित हुन त्यो समाजमा बस्ने व्यक्तिहरूको समाज र मानिसप्रतिको भावनाले बाहिर ल्याएको हुन्छ । देश संसारमा पहिचान बनाउनका लागि देशको राजनीतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनुपर्दछ । यही हो देशको पहिचान र त्यसले दिने आवश्यकता पनि । देशको पहिचान र अस्तित्व देशका नेताले गर्ने राजनीति तथा ती राजनीतिक दलका कार्यकर्तामा केन्द्रित रहने कुरालाई कसैले पनि नकार्न सक्दैन ।
राजनीति देशका जनता र त्यो देशमा बस्ने बासिन्दा वा नागरिकको हकलाई ध्यानमा राखेर गरिने आधार हो । यो आधार जहिले पनि सिद्धान्तनिष्ठ र सिद्धान्तको जगमा उभिएको हुनुपर्दछ भन्छन् राजनीतिका सिद्धान्तकार र व्याख्याकारहरू पनि । यही आधारमा राजनीति सफल र असफल हुने गरेका छन् । राजनीतिलाई व्यक्तिगत स्वार्थमा राखेर अघि बढियो भने राजनीतिमा मात्र होइन देशको सबै अवस्था कमजोर हुने कुरालाई सबैले स्वीकार गरेका छन् । संसारमा राजनीति गर्ने व्यक्ति र पदासीन हुने व्यक्तिले आफ्नै सिद्धान्तको आधारमा टेकेर राजनीतिक जीवनलाई अघि बढाएको हुन्छ । केही दिनपूर्व रसियाका राष्ट्रपतिले आफूलाई चुनावका माध्यमबाट शक्तिशाली सावित गरे ।
राजनीतिको डरलाग्दो मोह सत्ता हो । सत्ताको स्वाद चाखेको व्यक्ति त्यस मोहबाट कहिले पनि उम्कन सक्दैन । सत्ताका साथै राजनीतिमा देखिने अर्को मोह हो परिवार । परिवारका सदस्य र तिनको मोहमा फसेको राजनीतिक व्यक्ति कहिले पनि मोहबाट बाहिर आउन सक्दैन ।
उनको राजनीतिक अभीष्ट उनका लागि नै बनेर आयो । बालिग मताधिकार भए पनि रसियाको चुनाव एकपक्षीय थियो भन्ने कुरालाई उनले पाएको मत प्रतिशतले देखाएको छ । भारतीय प्रधानमन्त्री दुई कार्यकाल समाप्त हुने अवस्थामा छन् । उनले पनि तेस्रो कार्यकालका लागि आगामी समयमा हुने मतदानमा मत माग्न दौडिरहेका छन् । उनको मनोकाङ्क्षा पनि सत्ता हस्तान्तरण गर्नु देखिँदैन । उनी पनि तीन कार्यकालका लागि चुनिने प्रयासमा कुदिरहेका छन् । त्यसैले राजनीतिमा जे पनि सम्भव छ भन्ने भनाइलाई प्रमाणित गरिदिएको छ । तर, राजनीतिका सबै कर्म, नेताले लिने अडान र निर्णय देशका लागि हुनु अनिवार्य मानिन्छ ।
मोहको राजनीति
सांसारिक जञ्जाल वा संसारका हरेक वस्तुलाई सत्य ठान्नु मोह हो । मोह भ्रान्ति पनि हो । परापूर्वाकालदेखि निरन्तर चलिरहेकाले यसलाई संसार भनिएको हो । संसारमा जेजति कुरा विद्यमान् छन् वा आफू र आफन्तसित जे जति छ त्यो मेरो हो भन्ने ठान्नु मोह हो । यही मोहमा भासिएको छ र फसेको छ हाम्रो देशको राजनीति पनि । यही मोहमा फसेको राजनीतिलाई उतार्न नसक्ने अवस्थाको राजनीति हामीले बेहोरिरहेका छौं । यस्तो राजनीतिबाट नेपाली जनताले कहिले मुक्ति पाउने हुन् सम्भव देखिँदैन । राजनीति गर्ने व्यक्तिभित्र रहेको संस्कारले दिने आधार हो समाजसेवा । राजनीतिमा सेवाको भावना अनिवार्य रहेको हुनुपर्दछ ।
यदि यो आधार र उसले व्यहोरेको समाजबाट बाहिर आउन सकिएन भने राजनीति सफल पनि हुन सक्दैन । राजनीतिलाई स्वार्थमा बाँधेर राखिदिने हो भने राजनीतिकर्मीमात्र होइन नेता नै समाप्त हुने निश्चित छ । नेपालको नागरिक उन्मुक्ति पार्टीको अवस्था यही होइन र ? राजनीति देशका जनता र जनताको सुख तथा सुबिधाका लागि गरिने निस्वार्थ सेवा हो । सेवामा समर्पण र सेवाको भावना हुनु अनिवार्य मानिन्छ । नेपालको राजनीतिले त्यस दिशामा आफूलाई उभ्याउन सकेन । नेपाली राजनीतिको आधार पनि मोहमा नै गएर टुङ्गिने अवस्थाको देखियो । विभिन्न समयमा गरिएका परिवर्तन र ती परिवर्तनले ल्याएका भावनालाई तथा जनताका सपनालाई साकार पार्न कुनै पनि व्यक्तिले गरेको राजनीतिले स्थापित हुने अवसर पाउन सकेन । यही कारण नेपालको राजनीति पुस्तौंदेखि मोहले भरिएको छ ।
राजनीतिको डरलाग्दो मोह सत्ता हो । सत्ताको स्वाद चाखेको व्यक्ति त्यस मोहबाट कहिले पनि उम्कन सक्दैन । सत्ताका साथै राजनीतिमा देखिने अर्को मोह हो परिवार । परिवारका सदस्य र तिनको मोहमा फसेको राजनीतिक व्यक्ति कहिले पनि मोहबाट बाहिर आउन सक्दैन । परिवारिक मोह राजनीतिमा आफ्नालाई स्थापित गर्नु र पदमा पुर्याउनु रहेको हुन्छ । यही मोहमा रमेको छ हाम्रो देशको राजनीति । यो मोहको पासोबाट निस्कन नसक्नु नै नेपाली राजनीतिको दुर्भाग्यभन्दा हुन्छ । नेपालको राजनीतिले कहिले पनि विकास र जनताको हितलाई ध्यानमा राखेको देखिएन । राजनीतिकर्मी सदा भ्रष्टाचारमा लिप्त देखिए । भ्रष्टाचार पहिले पनि हुने गरेको थियो ।
यस्तो संस्थागत भ्रष्टाचारको अवस्था भने पहिले देखिएको थिएन । गणतन्त्रको आगमन नेपालको विकासभन्दा पनि संस्थागत भ्रष्टाचारमा मौलाउन पुगेको देखिन्छ । नेपालको राजनीतिमा देखिएको यो भ्रष्टाचारी प्रवृत्तिको अन्त्य हुने अवस्थाको स्पष्ट खाका न नेपालका राजनीतिक दलले जनतालाई दिन सके न जनता यी दलका कार्यबाट सन्तुष्ट नै बन्न सके । यो अवस्था आउनुमा नेपाली जनता पक्कै पनि दोषी होइनन् । उनीहरूले देशको उन्नति र देशको विकासका लागि दलका नेता र पार्टीलाई मत दिएर चुनेका हुन् । देशको यो अवस्था आउँदा पनि नेपालीहरू सहेर नै बसेका छन् । उनीहरूले जीवन धान्ने उपाय नदेखेर नै युद्धग्रस्त क्षेत्रमा आफूलाई उतारे । यो पक्कै पनि हाम्रा लागि खुशीको विषय थिएन तर हामी बाध्य भयौँ उनीहरूको जीवन रक्षाका लागि हात फैलाउन ।
धन, उच्च जीवनशैली, पारिवारिक व्यक्तिको राजसी ठाँट, अकूत तरिकाले कमाएको पैसा र त्यसले पोसिएका कार्यकर्ता आजको नेपाली राजनीतिका केन्द्र बने । बन्न सकेनन् हलो जोत्ने किसान, सडकको पेटीमा बसेर जीवन गुजारा गर्ने निम्न वर्गको नेपाली । राजनीति गर्ने व्यक्तिको जीवन शैली फेरियो । नेपालीको जीवन शैली फेरिन सकेन । शिक्षा र रोजगारीबाट जीवन शैली फेरिन सक्छ भन्ने पुस्ता बाहिरियो । देशमा केही गर्न नसक्ने र बृद्धहरूको मात्र जमघट भयो । त्यसैले मोहको राजनीतिले हाम्रो देशलाई गाँजिसक्यो । उम्केर जाने उपाय कतै पनि देखिएन ।
राजनीति सिद्धान्तमा आधारित हुनु अनिवार्य छ । सिद्धान्तविहीन राजनीतिले कहिले पनि देशको हित गर्दैन । देशलाई निकास दिने उद्देश्य र उत्पीडनका विरुद्ध आएका राजनीतिक दलहरू टुक्रा टुक्रामा विभाजन भएर देखिए । सत्तामा जानका लागिसमेत पार्टी फुटाउने प्रवृत्तिले नेपाली राजनीतिलाई सत्ता केन्द्रित बनाएको देखिन्छ ।
आफूलाई राजनेता भनाउन मन पराउने व्यक्ति नै राजनीतिमा स्वार्थलाई प्रवेश गराउन बाध्य भए । राजनीति कहिले पनि स्वार्थबाट गरिनुहुँदैन । स्वार्थको राजनीतिले परिवारमात्र होइन आफू नै समाप्त भएका कथाहरू हाम्रा पौराणिक ग्रन्थहरूमा प्रशस्त पाइन्छन् । तिनको अध्ययन हाम्रा राजनीतिका धुरन्धरले गर्दैनन् । दिनप्रतिदिन आफूलाई समाप्त पारिरहेका छन् । त्यसैले राजनीतिमा मोह हुनुहुँदैन भन्ने अवस्थाको सिर्जना गर्नु आवश्यक देखिन्छ ।
सबै उस्तै
दोस्रो आमनिर्वाचनपछि नेपालको राजनीतिमा सक्रिय रहेका र आन्दोलनका माध्यमबाट नेपालको परिवर्तनमा मुख्य भूमिकामा रहेका दलहरूका विरुद्ध सामाजिक अभियन्ता वा केही पत्रकारहरू सक्रिय भए । उनीहरूले देशलाई सुधार गर्ने र देशका लागि राजनीति गर्ने अभिप्रायमा आफूलाई समर्पित गरे । देशको काँचुली फेर्ने र नेपाली जनतालाई स्वदेशमै रोजगारी दिने बाचासहित राजनीतिमा होमिए, सफल पनि भए । त्यो सफलता उनीहरूका लागि औधी अचम्मको र आशाभन्दा बढी भयो । उनीहरूको सोचले नभ्याएसम्मको उपस्थिति उनीहरूको संसद्मा भयो ।
राजनीतिक परिवर्तनका साथ सत्तामा पनि पुगे । सत्ता उनीहरूका लागि देशको काँचुली फेर्ने अवसरका रूपमा रहेको थियो । उनीहरूको चाहना पनि देशको विकास र उन्नति देखिएन । उनीहरूमा पनि पहिलेदेखि नै देखिएका विभिन्न किसिमका जालसाजी गरिएका कामहरू छताछुल्ल भएर आए । गृहमन्त्रीकी श्रीमती संलग्न रहेको सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मार्नु पनि कारण बनेर आएको देखिन्छ । भर्खर नियुक्त भएकी शिक्षामन्त्रीले करारमा कर्मचारी नियुक्त गर्न पाउनुपर्ने अवधारणा बाहिर आयो ।
कर्मचारी वा नेपालका स्थायी सरकारका कर्मचारीमाथि अविश्वास हुने गरी नियुक्त गर्न खोज्नु राम्रो मानिएन त ? उनको अभिलाषा र चाहना गलत नहुन पनि सक्छ । तर, कर्मचारीको मानमर्दन गर्ने अधिकार कुनै पनि राजनीतिक दल र मन्त्रीलाई छैन । भ्रष्टाचारमा मन्त्री र प्रधानमन्त्रीका हैसियतले नीति बनाउने भ्रष्टाचारका सन्दर्भमा कर्मचारीलाई मात्र सजाय दिने प्रवृत्तिले नेपालको राजनीतिमा अविश्वासको खाडल भरिएको छ ।
राजनीति सिद्धान्तमा आधारित हुनु अनिवार्य छ । सिद्धान्तविहीन राजनीतिले कहिले पनि देशको हित गर्दैन । देशलाई निकास दिने उद्देश्य र उत्पीडनका विरुद्ध आएका राजनीतिक दलहरू टुक्रा टुक्रामा विभाजन भएर देखिए । सत्तामा जानका लागिसमेत पार्टी फुटाउने प्रवृत्तिले नेपाली राजनीतिलाई सत्ता केन्द्रित बनाएको देखिन्छ । त्यसैले नेपालको राजनीतिमा पुराना र सङ्घर्षका माध्यमबाट यहाँसम्म आइपुगेका दलहरू नै आधिकारिक रूपमा देखिएका राजनीतिका माध्यम बन्न सक्नेछन् । ती दलका नेता र कार्यकर्ता सच्चिनु आवश्यक छ ।
नसच्चिएका खण्डमा तिनीहरूको हालत पनि खुद्रा दलहरूको जस्तै हुने निश्चित देखिन्छ । ठूला दलहरू सच्चिएर अघि बढेमा र आफूले गरेका गलत कर्मलाई जनतामा क्षमा याचनासहित गएमा ती दलहरूको नै भविष्य नेपालको राजनीतिमा देखिन्छ । खुद्रा रूपमा आएका दल र तिनले असन्तुष्टि बापत पाएको मतलाई आफूमा ल्याउनु अनिवार्य मानिन्छ । अबका जनता भाषणमा रमाउन सक्दैनन् । कामलाई र नेताको चरित्रलाई नजिकबाट नियालिरहेको पुस्ता हो ।
सादा जीवनलाई प्राथमिकतामा राखेर नेपाली जनताका कामलाई सहज रूपमा गरिदिने र बेढङ्गको राजनीतिमा देशलाई न लैजाने हो भने गणतन्त्र नै यो देशको विकासको आधारभूमि बन्न सक्ने आधार बाहिर आएको देखिन्छ । त्यसैले नेपालको राजनीतिलाई ढङ्गबाट सञ्चालन गरेर बाहिर ल्याउनु नै आजका राजनीतिक दलका नेता र कार्यकर्ताको मुख्य भूमिका रहेको देखिन्छ । भारतका प्रधानमन्त्रीले अब कि बार चार सय पार भने । उनलाई आफूले दश वर्षको कार्यकालमा गरेको कामप्रति विश्वास छ । यही विश्वास जगाउनु अनिवार्य छ नेपालाका राजनीतिक दलका नेता र कार्यकर्तालाई । यो विश्वास जनतामा कामले देखाउने हो भ्रष्टाचारले होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच