
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।
गएराति सम्पन्न खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। लिभरपुलले आफ्नो अग्रता जोगाउन नसक्दा शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
लिभरपुलका लुइस डियाज र मोहम्मद शालाह तथा म्यानचेस्ट युनाइटेडका ब्रुनो फर्नान्डेज र कोबी माइनाले एक–एक गोल गरेका थिए ।
खेलको २३औँ मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको ५०औँ मिनेटमा ब्रुनो र ६७औँ मिनेटमा कोबीले गोल गर्दै म्यानचेस्टरलाई २–१ गोलको अग्रता दिलाए ।
त्यसपछि खेल सकिन ६ मिनेट बाँकी छँदा लिभरपुलका शालाहले टोलीलाई हारबाट जोगाउँदै २–२ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै ३१ खेलबाट ७१ अङ्कसहित लिभरपुल दोस्रो स्थानमा रहेको छ । सामान अङ्क रहेको आर्सनल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । म्यानचेस्टर युनाइटेड ४९ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच