काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भदौ २८ र २९ गते पाँचौँ राष्ट्रियस्तरको खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता तथा पुरुष स्पोर्टस फिजिक्स हुने भएको छ ।
मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूहमा खेल हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजीभन्दा माथि तौल समूह हुनेछ । त्यसैगरी महिला प्रतिस्पर्धाअन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समूहअन्तर्गत प्रतिस्पर्धा गराइनेछ ।
पुरुष स्पोटर््स फिजिक्सअन्तर्गत अन्तर्राष्ट्रिय मापदण्डअनुसार वजन र उचाइ समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ । जसमा १७० सेमीभन्दा मुनि र १७० सेमीभन्दा माथिका दुईवटा विधा रहनेछन् ।
प्रत्येक क्लब, संघ संस्थाबाट एउटा वजन समूहमा बढीमा दुईजना खेलाडीहरू गरी जम्मा २० जना खेलाडीहरू र एकजना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउनेछन् । पहिलो दिन बिहान वजन र हाइट नापिनेछ र दिउँसोबाट १० विधामध्ये तीनवटा विधा मिस्टर काठमाडौं जुनियर तथा दुवै पुरुष स्पोर्ट्स फिनिक्सका फाइनल प्रतियोगिताहरू आयोजना हुनेछन् भने महिला एथलेटिक्स फिक्सिङको प्रिजजिङ राउण्ड हुनेछ ।
दोस्रो दिन मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका प्रिजजिङ तथा फाइनल खेल र महिला एथलेटिक्स फिजिक्सको फाइनल खेल आयोजना हुनेछ ।
फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरूमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः स्वर्ण, रजत तथा कांस्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौँ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् । प्रत्येक वजन समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः १५ हजार, १० हजार तथा पाँच नगदले पुरस्कृत गरिनेछ ।
मिस्टर काठमाडौंको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरूबीच प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीलाई काठमाडौंको उपाधि साथै नगद एक लाख ५० हजार पुरस्कार ट्रफी तथा ब्यानटले सुसज्जित गरिनेछ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद एक लाख ६५ हजार प्राप्त गर्नेछ ।
महिला प्रतिस्पर्धाअन्तर्गत फाइनल राउण्डमा छनोट भएका पाँचजना महिला खेलाडीहरूबाट प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै नगद ३० हजार ट्रफी तथा ब्यानटले सुसज्जित गरिने साथै द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः नगद १५ हजार तथा नगद पाँच पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिनेछ र चौथो तथा पाँचौँ हुने महिला खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् ।
यस्तै, जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्सअन्तर्गत १७० सेमीसम्म र १७० सेमीभन्दा माथिको उचाइ समूह गरी दुई उचाइ समूहअन्तर्गत प्रथम हुने खेलाडीलाई उपाधिका साथै नगद ३० हजार, ट्रफी तथा ब्यानटले सुसज्जित गरिनेछ । द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः नगद १५ हजार तथा नगद पाँच हजार पुरस्कार, ट्रफी तथा प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौँ हुने खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब २२ लाख ५० हजार रहेको छ । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सचिव विजयरत्न बज्राचार्यले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच