व्यवस्था परिवर्तनको माग लिएर सुरु भएको आन्दोलनको स्वरूप हेर्दा यसले जनआन्दोलनको रूप लिन सकिरहेको छैन । विभिन्न तम्बुमा अलग अलग बसेका आन्दोलनकारी एउटै छातामुनि आउन सकेका छैनन् । संयुक्त जनआन्दोलनको लक्ष्य लिएर विभिन्न तम्बुमा बसेकाहरू एउटै छातामुनि आउन नसक्दा आन्दोलनले जनआन्दोलनको रूप लिन सकेको छैन । आन्दोलनले निरन्तरता लिन नसक्दा यी आन्दोलनहरू विरोध ¥यालीभन्दा माथि उठ्न सकिरहेका छैनन् । राप्रपाले दुई डुंगामा खुट्टा राखेको छ । राजतन्त्रको मोह पनि त्याग्न सकेको छैन र गणतन्त्रको लाभको लोभ पनि संवरण गर्न सकेको छैन । दुई डुंगामा खुट्टा राख्नेले पार लगाउन सक्दैन ।
यदि जुन मुद्दालाई लिएर उनीहरू आन्दोलनरत छन् भने यस किसिमको विरोध ¥यालीहरूले त्यो मुद्दालाई इतिहासको एउटा पानामै सीमित गर्नेछ । आन्दोलनकारीहरूले एक अर्कालाई शुद्र ठान्दा आन्दोलनको यवनिका बन्द हुन बेर छैन । यहाँ सबै शूद्र छन्, शूद्रबाट ब्राहृमण बन्न ब्राहृमणको कर्म गर्नुपर्छ । यहाँ आन्दोलनकारीहरूलाई शम्बूक बनाउन राष्ट्र विरोधीहरू एकजुट भएको उदाहरण गृहमन्त्री रवि लामिछानेले आन्दोलनमा गरेको नृशंस दमनले नै बुझिन्छ । यदि आन्दोलनकरी असफल भए भने उसको गलत इतिहास लेखिने छ । शम्बूक वधको दोष राममाथि थोपरिने छ । राजाकै कारण आन्दोलन असफल भएको कथा रचिने छ । वाल्मिकी रामायणलाई बंग्याएर शम्बूकको वध पुरुषोत्तम रामले गरेको आरोप लगाइएको छ ।
रामायणले चारै वर्णलाई समान अधिकारले हेरेको छ । अयोध्या काण्डमा रामायणको श्रवण गर्न वैश्य र शूद्रलाई समान अधिकारको वर्णन छ । महाभारतमा शूद्रको उपासनाले महान् बन्ने प्रमाण छ । श्रीकृष्ण भन्नुहुन्छ, जुन पापयोनी स्त्रीहरू, वैश्य र शूद्र छन् यिनीहरू मेरो उपासना गरेर परमगति प्राप्त गर्छन् ।
म्याक्समुलर, म्याकेले आदिले इण्डियन पण्डित, बुद्धिजीवीहरूलाई किनेर हाम्रो शास्त्रहरू बंग्याउने काम गरेर इण्डियामा ख्रिष्टानिटीको विस्तार गरे त्यसरी हाम्रा कथित विद्वान, कथित प्राज्ञ र बुद्धिजीवीहरूलाई किनेर सनातन धर्मको विरुद्धमा विष वमन गर्न लगाइरहेका छन् । वाल्मीकि रामायणको उत्तर काण्ड ७३ देखि ७६ सर्गलाई यसरी बंग्याइएको छ । पूर्वराजा ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डको खलनायक बनाएको कथा रचना गरियो । अद्यापि त्यो मिसनका भृत्यहरूले त्यही कथालाई दोहोर्याइरहेका छन् ।
शम्बूक वधको कथा यसरी रचिएको छ : एक दिन एउटा ब्राहृमणको एकमात्र पुत्रको मृत्यु भयो । ती ब्राहृमण पुत्रको शव लिएर पुरुषोत्तम रामको दरबारको द्वारमा राखेर विलाप गर्न लागे । उसको आरोप थियो कि पुत्रको अकाल मृत्युको कारण राज्यको कुनै दुष्कृत्य हो ।
ऋषिमुनिहरूको परिषदले यसमाथि विचार गरेर निर्णय दिए, राज्यमा कहीँ कतै अनाधिकारीले तप गरिरहेका छन् । रामले यस विषयमा विचार गर्न मन्त्रिपरिषदको बैठक बोलाए । नारदले त्यस सभामा भने, राजन ! द्वापरमा पनि शूद्र तपमा प्रवत हुनु ठूलो अधर्म हो । अनि त्रेतामा त उसले तप गर्नुे प्रश्नै हुँदैन । निश्चय नै तपाईंको राज्यको सीमामा कुनै कुबुद्धि भएको शूद्रले तपस्या गरिरहेको छ । त्यसैको कारण बालकको मृत्यु भएको हो ।
अतः तपाइँ तपाइँको राज्यमा खोजेर जहाँ कुनै दुष्ट कर्म भइरहेको छ त्यसलाई रोक्ने यत्न गर्नुहोस् । यो सुन्नासाथ राम पुष्पक विमान लिएर शूम्बकको खोजीमा निस्के । शैवाल पर्वतको उत्तर दिशामा एउटा सरोवरमा तपस्या गरिरहेका एक जना तपस्वी भेटिए जो वृक्षमा उल्टो झुण्डिएर तपस्या गरिरहेका थिए । उनलाई देखेर उग्र तपस्या गरिरहेका ती तपस्वीको निकट गएर रामले सोधे, उत्तम तपको पालन गरिरहेका हे तापस ¤ तिमी धन्य छौ । तपस्यामा हुर्के बढेका हे तपस्वी, तिमी कुन वर्णमा उत्पन्न भएका हौ ? म दशरथ कुमार राम तिम्रो परिचय जान्न उत्सुक छु । तिमीलाई कुन वस्तु पाउन इच्छा छ स्वर्ग वा अन्य कुनै वस्तु ?
कुन यस्तो पदार्थ छ जसलाई पाउन तिमी यस्तो कठोर तपस्या गरिरहेका छौ जो अरूका लागि दुर्लभ छ । तापस ¤ जुन वस्तुका लागि तिमी तपस्या गरिरहेका छौ त्यसलाई म सुन्न चाहन्छु । तिमी ब्राहृमण हौ वा क्षत्रिय, वैश्य हौ वा शूद्र ? क्लेशरहित काम गर्ने भगवान रामको यो वचन सुनेर तल शिर पारेर तपस्या गरिरहेका तपस्वीले भने, हे राम, म झुठो बोल्दिन, देवलोक पाउने इच्छाले नै म तपस्या गरिरहेको छु ।
मलाई शूद्र सम्झिनुहोस् । मेरो नाम शम्बूक हो । यो सुन्नसाथ रामले तरबार झिकेर शम्बूकको शिर काटेर फाले । यो पछि रचित कथा पढ्दा लाग्छ कि शूद्रका लागि तपस्या वर्जित छ । यो प्रश्नको उत्तर वेद, रामायण, महाभारत र उपनिषदहरूमा अत्यन्त प्रेरणादायक रूपमा दिइएको छ । ऋग्वेद : पाँचै मनुष्य ( ब्राहृमण, क्षत्रिय, वैश्य, शूद्र र अतिशूद्र) मेरो यज्ञलाई प्रीतिपूर्वक सेवन गरून् । पृथ्वीमा जति मनुष्य छन् सबैले यज्ञ गरून् । यस्तै अनेक प्रमाण शूद्रहरूले तप गर्ने, यज्ञ गर्ने वेदहरूमा पाइन्छ । महर्षि वाल्मीकि भन्नुहुन्छ, रामायणको स्वअध्ययनले ब्राहृमण ठूलो सुवक्ता ऋषि, क्षत्रिय भूपति हुन्छन्, वैश्यले राम्रो लाभ प्राप्त गर्नेछ र शूद्र महान हुनेछन् ।
कर्ण सूतपुत्र भएकै कारण स्वयंवरमा अयोग्य ठहरिएपछि भनेका थिए, जन्म दिनु त ईश्वरको अधीनमा छ तर पुरुषार्थ र अन्य केहीबाट केही बन्नु मनुष्यको बसमा छ । जसरी धर्म आचरणबाट निकृष्ट वर्ण आफूभन्दा उत्तम वर्ण प्राप्त हुन्छ त्यसरी नै उच्च वर्ण निकृष्टमा परिणत हुन्छ ।
रामायणले चारै वर्णलाई समान अधिकारले हेरेको छ । अयोध्या काण्डमा रामायणको श्रवण गर्न वैश्य र शूद्रलाई समान अधिकारको वर्णन छ । महाभारतमा शूद्रको उपासनाले महान् बन्ने प्रमाण छ । श्रीकृष्णले भन्नुहुन्छ, हे पार्थ ! जुन पापयोनी स्त्रीहरू, वैश्य र शूद्र छन् यिनीहरू पनि मेरो उपासना गरेर परमगति प्राप्त गर्छन् । उपनिषदमा शूद्रको उपासनाले महान बन्ने उदाहरणहरू छन् । यो शूद्र वर्ण पूषण अर्थात् पोषण गर्ने हुन् र साक्षात् यस पृथ्वी समान छन् । जसरी पृथ्वीले सबैको भरणपोषण गर्छिन्, त्यसरी नै शूद्र सबैको भरणपोषण गर्छन् : वृहदारण्यक उपनिषद । व्यक्ति गुणले शूद्र अथवा ब्राहृमण हुन्छन्, जन्मले होइन । जन्मना जायते शूद्रः कर्मणा द्विज उच्चते । अर्थात् जन्मले सबै शूद्र हुन्छन् र कर्मले द्विज ।
छान्दोग्य उपनिषद अनुसार सत्यकाम जाबाल महर्षि गौतमको शिष्य थिए जसकी माता जाबाल थिइन् । सत्य काम जब शिक्षा ग्रहण गर्न महर्षि गौतमको गुरुकुलमा गए तब नियमानुसार गौतमले उनीसँग उनको गोत्र सोधे । सत्यकामले स्पष्ट भने, मलाई मेरो गोत्र थाहा छैन । मेरी माताको नाम जाबाला र मेरो नाम सत्यकाम हो । मेरो पिताको मृत्यु युवा अवस्थामै भएको थियो । घरमा नित्य अतिथीहरूको आतिथ्यता गर्नु परेकोले मातालाई धेरै काम गर्नु पथ्र्यो, जसले गर्दा उनलाई यति समय पनि प्राप्त थिएन कि पितासँग आफ्नो गोत्र सोध्न सकून् । महर्षि गौतमले भने, जो ब्राहृमण होइन उसले यस्तो सत्य कुरा गर्न सक्दैन । उनले सत्यकामलाई आफ्नो शिष्य बनाए ।
महाभारतमा युधिष्ठिर भन्छन्, व्यक्ति कुल, स्वाध्याय र ज्ञानले मात्र द्विज बन्दैनन्, अपितु केवल आचरणले बन्छन् । हाम्रा द्विज वर्णका शासक वर्गको आचरण हेर्दा उनीहरू कलिका राक्षस हुन्, सत्य वचन उनीहरू कहिल्यै बोल्दैनन् । कर्ण सूतपुत्र भएकै कारण स्वयंवरमा अयोग्य ठहरिएपछि भनेका थिए, जन्म दिनु त ईश्वरको अधीनमा छ तर पुरुषार्थ र अन्य केहीबाट केही बन्नु मनुष्यको बसमा छ ।
आपस्तम्ब धर्मसूत्र अनुसार जसरी धर्म आचरणबाट निकृष्ट वर्ण आफूभन्दा उत्तम वर्ण प्राप्त हुन्छ त्यसरी नै उच्च वर्ण निकृष्टमा परिणत हुन्छ । मनुका अनुसार जो शूद्र कुलमा उत्पन्न भएर ब्राहृमणको गुण, कर्म, स्वभाव भएको हुन्छ ऊ ब्राहृमण हुन्छ ।
त्यसरी नै ब्राहृमण कुलमा जन्म भएर जसको गुण, कर्म, स्वभाव शूद्र सदृष हुन्छ ऊ शूद्र हुन्छ । महाभारत वन पर्वअनुसार चारै वेदको विद्वान तर चरित्रहीन ब्राहृमण शूद्रभन्दा पनि निकृष्ट हुन्छ । अग्निहोत्र गर्ने जितेन्द्रिय नै ब्राहृमण भनिन्छ । महाभारतको अनुगीता पर्व अनुसार ब्राहृमण, क्षत्रिय, वैश्य र शूद्र सबै तपस्याद्वारा स्वर्ग प्राप्ति गर्छन् । वनपर्व अनुसार सत्य, दान, क्षमा, शील, अनृशंसता, तप र दया जसमा हुन्छ ऊ ब्राहृमण हो, जसमा यी गुण हुँदैनन् ऊ ब्राहृमण होइन ।
वाल्मीकि रामायणमा पनि रामद्वारा वनवास कालमा अतिशूद्र वर्णका निषाद राजद्वारा ल्याइएको भोजन ग्रहण गर्छन् । शबर जातिको शबरीबाट जूठो बयर खानुले रामायण कालमा वर्ण भेद थिएन भन्ने प्रमाणित हुन्छ । शबरी शूद्र भए तापनि सम्मानित तपस्वनी थिइन् । वाल्मीकि रामायणमा नारद भन्छन्, राम श्रेष्ठ, सबैसँग समान व्यवहार गर्ने र सदा प्रिय दृष्टि राख्नेवाला हुन् । नारद मुनिको कथन द्वापर युगमा पनि शूद्रले तप गर्न वर्जित छ भन्ने मिथ्या भनाइ हो । रामले पुष्पक विमान लिएर शम्बूकलाई खोज्न निस्केको असत्य कथन हो किनकि अयोध्या फर्केर आउनासाथ रामले पुष्पक विमानको स्वामी कुबेरलाई विमान फर्काइदिएका थिए ः (युद्ध काण्ड) । तपस्याको फल तपस्या गर्नेले मात्र पाउँछ त्यसको फल वा प्रतिफल अरूले पाउँदैन ।
सत्य यो हो कि जब मध्यकालमा वेद विद्या लोप हुन थाल्यो ब्राहृमण कर्मले होइन कि जन्मले चिनिन थाल्यो । त्यस कालमा दुर्जनहरू विदेशीका दास बने । मनुस्मृतिमा वेद विरोधी तथा जातिवादलाई प्रश्रय दिने खालका श्लोकहरू थपे, त्यो कालमा रामायणमा पनि अशुद्ध पाठ मिलाए जसको नाम उत्तर काण्ड हो । रामलाई शम्बूक वधको आरोप लगाउनु र राजा ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डको आरोप लगाउनु एउटै हो । विदेशीको पैसामा बिक्ने दुर्जन हिजो पनि थिए आज पनि झन धेरै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच