
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा राखिएको छ । उच्च अदालत पाटनमा समय अभावका कारण मुद्दालाई नभ्याइनेमा राखिएको हो ।
सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो ।
उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईका अनुसार उनको मुद्दामा यही वैशाख २३ गते पेशी तोकिएको छ ।
यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।
परिवर्तित नाम गौशाला २६ लाई जबरजस्ती गरेको कसुरमा लामिछानेलाई कैद तथा सजाय गरिएको काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच