हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट बजारमा अथाभावी औषधि पसल सञ्चालनमा आएका छन् । सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकाया (भाम)को नेतृत्वको टोलीले विहिबार सदरमुकामका पाँचवटा मेडिकलमा छापा हानेको हो ।
उक्त मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर बहादुर भण्डारीले बताउनुभयो ।
अधिंकास औषधि पसलहरुमा डाक्टरको सिफारिविनै औषधि विक्री गरिरहेको पाइएको संयोजक भण्डारीले बताउनुभयो । उहाँका अनुसार, डाक्टरको सिफारिसविनै जथाभावी औषधि वितरण गर्दा बिरामीको ज्यानै जानसक्ने जोखिम हुने भएकाले कानुनी प्रक्रिया पूरा गरी मेडिकल सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
सिमकोटमा सञ्चालीत औषधि पसलहरुले सम्बन्धित विषयका स्वास्थ्यकर्मी नखटिएको देखिको छ । डाक्टर नराखी सञ्चालनमा आएका ती पसलहरुमा भेटिएका औषधि गाउँपालिकाले नियन्त्रणमा लिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनुभयो ।
यसरी गाउँबाट आउने सोझा तथा अशिक्षित बिरामीहरुलाई सदरमुकाममा रहेका निजी औषधि पसलले ठग्ने गरेका छन् । तर आफुहरु ठगिएको बारे उनीहरुलाई पत्तै हुँदैन । यसरी औषधिजन्य सामग्रीमा खुलेआम मनपरी तवरमा बेचबिखन भइरहेको पाइएको छ ।
गाउँपालिकामा दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसललाई सोमबार भित्र सबै कागजात पेश गर्न सिमकोट गाउँपालिकाले निर्देशन दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो ।
कागजात देखाउन नसक्ने चारवटा औषधि पसलहरुलाई तत्काल प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको र यदी अटेरी गरेमा औषधि पसल नै बन्द गर्ने चेतवानी दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रोकायाले बताउनुभयो ।
अनुगमनका क्रममा सिया मेडिकल हल, सि.पि. औषधि पसल, ताक्ला फार्मेसी, र बुधे मेडिकल हल औषधि पसलले आफ्नो कागजात देखाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी अृमत प्रसाद सुवेदीले बताउनुभयो । उनिहरुलाई तीन दिनको समय दिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
सि.पि औषधि पसलमा डाक्टरको अनुमतिमा प्रयोग गरिने ट्रामाडोल चार सय ट्याब्लेट औषधि भेटिएको छ । ती औषधि सबै बरामद गरिएको छ । यस्तै हेल्थ अस नेपाल मेडिकल सेन्टर फार्मेसीमा पनि डाक्टरको अनुमतिमा प्रयोग गरिने फेनाइटोन चार सय दश, फोलोफाजेपाइम चार सय दश टाब्लेट बरामद गरिएको छ । तर हेल्थ असले भने आफ्नोमा भेटिएका औषधि जिल्ला अस्पतालका डाक्टरको सल्लाहमा प्रयोग गरेको उसको दाबी छ ।
यस्तै अधिकांस औषधि म्याद नाघेका अनुगमनका क्रममा भेटिएका छन् । यसले गर्दा मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले सिमकोटका औषधि पसलको नियमित अनुगमन गर्न आवश्यक रहेको छ ।
सिमकोटमा रहेका औषधि पसलले डाक्टरको अनुमतिविनै औषधि चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत हुने भएकाले सिमकोट गाउँपालिका र प्रशासनले विशेष प्रथामिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ ।
बिहीबार भएको अनुगमनमा सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष रोकाया(भाम), अधिकृत रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी सुवेदी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप कुमार रेग्मी, स्वास्थ्य शाखा प्रमुख भण्डारी, गाउँपालिका लेखा अधिकृत विशाल बोहरा, उद्योग बाणिज्य संघका सचिव कैलाश रोकाया, स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नन्द बहादुर शाही लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीको सहभागीता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच