काम्रेड ओली जी !
जयनेपाल, तपाईंलाई लालसलाम
उदर निमित्तं बहुकृत भेषम्
यो पापी पेटका लागि तपाईंले जुन भुक्तमान खप्नुभयो बाल्यकालमा त्यत्तिकै नभए पनि गरिबीको थप्पड भने मैले पनि बेस्सरी खाएको हो काम्रेड ! तपाईं र मजस्तै परिस्थितिबाट तपाईं जहाँ पुग्नुभयो त्यहाँ विरलाकोटि मान्छेमात्रै पुग्नसक्छन् । धेरै मान्छे पेटको समस्या समाधान गर्न अनेकौं भेष धारण गर्दछन् तापनि असफलै रहन्छन् । राजनीति गर्ने इच्छा भएर पनि म असफल भएँ । तपाईं पनि यो भनाइको अपवाद बन्न सक्नुभएन धन र मान कमाएर पनि राजनेता बनेर देखिन सक्नुभएन ग्याङ नायिके भने बन्नुभयो है कम्रेड । तपाईंको बाल्यावस्था जसरी व्यतीत भयो त्यो जुन मैले सुने यदि सही हो भने निश्चय नै पाषाणको पनि आँसु झर्छ भनेर कविले वर्णन गर्नसक्छ तर वास्तविकता त्यस्तो हुँदैन ।
वृद्धकी पत्नी र बालककी आमा मर्नु अति कष्टकर कुरो हो भन्ने त शास्त्र प्रसिद्धि नै छ । यदि कतै भगवान् छन् भने बालककी आमा र बुढाकी पत्नीलाई नमार्ने व्यवस्था मिलाऊन् । मनोवैज्ञानिकहरू भन्छन् जसले बाल्यकालमा अनेकौं प्रकारका भुक्तमान भोगेर हुर्केका हुन्छन् ती कठोर हृदयी बन्छन् प्रायः । कुनै-कुनैमात्रै करुण र सहृदयी हुन्छन्, यो चाहिँ अपवाद मात्र हो । सारा शास्त्र चहार्दा बाल्यकालमा भुक्तमान, हेपाइ, घृणा र सौतेनी आमाको दुत्कार खपेर पनि कोमलहृदयी, क्षमाशील बनेका ध्रुवमात्र हुन् । प्रहृलादलाई आफ्नै जनकले शत्रुभाव राखेका कारणले जातिवादी बनेर विष्णुभक्त भए पनि दानवको भलाइमा नै लागेका भेटिन्छन् ।
सारा मान्छेले मेरा राम्रा कुरामात्रै गरून्, मैले जे भने पनि र जे गरे पनि अरू चुइक्क नबोलून् भन्ने चाहना राख्छन् । अहिलेको एमालेको स्थिति र तपाईंको चक्चकीले यस्तै देखाउँदैन र काम्रेड ? एकान्तमा निष्पक्ष बनेर सोच्नोस् त आफैं आफ्नो मूल्यांकन गर्न सकिन्छ ।
ध्रुवका लागि नारद, प्रहृलादका लागि नारायणजस्तै तपाईंका लागि रामनाथ दाहाल संरक्षक र धाताजनक बनेर निक्लेका थिए । जुन बेला तपाईं एक गाँस बिहानबेलुकाका लागि तड्पनुपर्ने अवस्था थियो त्यस बेला सानोतिनो काम लाएरै भए पनि खानबस्न दिने र आफैँले खोलेका गुरुकुलमा पढ्ने व्यवस्था मिलाउने रामनाथका सम्बन्धमा तपाईंले कहिल्यै नाम लिएको सुनेको छैन मैले । तपाईं कृतज्ञ भनेर कसरी भनुँ ? राधाकृष्ण मैनालीका अन्तर्वाता सुन्दा तपाई ‘क्षीणाः जनाः निष्करुणा भवन्ति’ को उद्दीष्ट बनेको देखिनुहुन्छ । यस प्रकारका मान्छेको स्वभाव प्रायः प्रचारमुखी, अहंकारी, बाहिर देख्दा करुणाले भरिएको तर भित्र अति कठोर पाषाणहृदयी हुन्छ भन्छ शास्त्रले ।
सारा मान्छेले मेरा राम्रा कुरामात्रै गरून्, मैले जे भने पनि र जे गरे पनि अरू चुइक्क नबोलून् भन्ने चाहना राख्छन् । बोले भने तिनको जीवनले दुःखको भुमरीमा फस्नुबाहेक अर्को विकल्प हुँदैन रे । अहिलेको एमालेको स्थिति र तपाईंको चक्चकीले यस्तै देखाउँदैन र काम्रेड ? एकान्तमा निष्पक्ष बनेर सोच्नोस् त आफैँ आफ्नो मूल्यांकन गर्न सकिन्छ ।
अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्
मत्र्यमण्डल भनेको कर्मक्षेत्र हो । यहाँ जन्मेका मान्छेले अनेकौं प्रकारका कर्म नगरी समय बिताउनै सक्दैनन् । केही गर्दिन भनेर मान्छे बस्नै सक्दैन । केही न केही गर्नैपर्छ जस्तो तपाईंले पनि त अनेक खण्ड गर्नुभयो र न आजको स्थानमा आइपुग्नुभयो । छेपाराले झैँ छिनमा रङ बदल्नेलाई र बकुल्लाले झैँ सत्ता र शक्ति कुर्नेदेखि ट्याँट्याँ फिसलाई समेत खेलाएर नचाएर यहाँ आइपुग्नुभएको होइन र ? सर नपरुन्जेल कोरीका पनि पाउ मोल्ने र सर पर्नेबित्तिकै जँघार तरो लौरो बिस्र्यो गर्न त मान्छेले तपाईंसँग सिकून् । हो, कतिपय कुरामा भने तपाईं पनि फोहोर गरिसकेपछि दैलो देख्यो भन्ने उखानको प्रतिमूर्ति बनेको पनि देखियो नि ¤ काम्रेड ? कहाँनेर गल्ती भएछ ? के छ तपाईंको आत्ममूल्यांकन ?
कहिले आफ्नो आँगनमा भएको सम्म भागलाई पनि प्रदेश बनाओ भनेर ठटाउन पुग्नुभयो भने कहिले चाहिँ बयलगाडा चढेर अमेरिका यात्राको उदाहरण पनि दिन भ्याउनुभएकै हो । अहिले सुकुम्बासीलाई डोजर नदेखाऊ भनेर बालेनको सातो उडाउन थाल्नुभएको छ । कांग्रेस आईले नजर नलाएको भए के हुन्थ्यो हुँदैनथ्यो । कांग्रेस आईलाई आफ्नो बनाएर पौरख देखाउनु पनि त पुरुषार्थ नै हो नि काम्रेड । आजको भारतका नेता पनि झल्लु रहेछन् । अहिलेको नेपालको संविधान मोदीलाई पटक्क रुचेको छैन । यस्तो बेलामा संविधान सिध्याउन तपाईंभन्दा सजिलो पात्र अरू कोही हुनसक्लान् र काम्रेड ?
आफैंले गरेका राम्रा नराम्रा जेजस्ता काम छन् तिनलाई सयौं पटक दोहो¥याएर दुनियाँलाई सुनायो भने असत्य पनि सत्य बन्छ भन्ने तपाईंका लाल गुरुको मन्त्रजापमा तपाईंलाई कसैले भेट्न नसक्ने साबित गर्नुभयो । बाघ, बाख्रो र घाँस एउटै डुंगामा एकै खेपमा तार्ने काम गर्नु पनि बुद्धिमानी हो काम्रेड ? अजा मिल भन्ने पात्रको रूपक त काम्रेडले बुझ्नुभएकै छ । जीवनभरि कुनै शुभकर्म नगरेको पापी जब मर्न लागेको थियो त्यत्तिबेला डरले घाँटी सुक्दा ‘नापाँ’ भनेर कराउँदा वैकुण्ठ पुगेको थियो रे । काम्रेडको पनि त चार–चारवटा अरूका र आफ्ना किड्नी बोक्दा शरीर लस्त बनेको होला, अर्काको सुन लाउनु नाक कान दुखाउनु । वरत्र त तपाईंको यहाँभन्दा कति बन्नु ? बन्नसम्म बन्यो ।
अब परत्रको पनि विचार गर्ने हो कि त काम्रेड ! कि मरेपछि डुमैराजा भन्ने ? आफैं दुई वर्षसम्म संसद् विघटन गर्न नपाईंने संविधान बनाउने आफैं दुई–दुई पटक संसद्का गर्धनमा खड्ग प्रहार गर्ने काम पनि यहाँबाट भएको हुँदै हो । छेपारे र सत्ता बकुल्ले मिलेर देश र जनतालाई नै स्वाहा पार्न लागे भनेर यहाँलाई रात निद न दिन भोक भएको थियो । यस्तै बेलामा डा.शेखर कोइरालाका आँखा खुलेछन् र आज तपाईंको स्वप्न साकार हुन लागेको छ । तै रिन तै रिन बुढी बाख्री किन । पुण्य पनि हात लाग्ने सत्तामा तर मार्न पनि पाइने कतै राजनेता पनि पो भइहालिन्छ कि ? कांग्रेस र एमाले गठजोड गरेर स्थायी र दर्बिलो सरकार दिन पहल किन नगर्ने काम्रेड ?
अहिले काम्रेडले यति गरे नेपालका ढुंगामुढाले पनि काम्रेडको जयजयकार गर्ने थिए होला । धर्ममा विश्वास नभए पनि कर्ममा त होला नि ? जे भए पनि रामको अस्तित्व स्वीकारेर ठोरीमा राम मन्दिर बनाउने, पशुपतिको अस्तित्व स्वीकारेर जलहरी चढाउने जस्ता गैरकम्युनिष्टले गर्ने काम पनि त यहाँका करकमलबाट भएकै हुन् नि । भलै तपाईंका अनुचर, पुरचर, पाश्र्वचरले मह काड्दा हात पनि चाटेर जुठो बनाउन पनि भ्याएको चाहिँ देखियो नै । मान्छे कुनै दोषै नभएको त को हुन्छ र ? आफ्ना अरिंगालको भुनभुनबाहेक अरूले कानैमा दमाहा ठोके पनि नसुन्ने कमजोरी काम्रेडमा छ रे । जनता यसो भन्छन् है काम्रेड ¤ हो, होइन तपाईं आफैँ भन्नोस् । आफ्नो दुनु आफैँ सोझ्याउनुपर्छ । शिवसंकल्प गरिहाल्नुस् त । काम बने सत्ता सयर नबने ग्याङ नायिके ।
विषकुम्भं पयोमुखम्
परोक्षमा काम बिगार्ने प्रत्यक्षमा मीठो बोल्नेलाई ‘विषका घडाका मुखमा राखेको अमृत’ भन्छ नीतिले । नीति भनेको लोक, राज्य, सरकार, संस्थादेखि विश्वसम्म सबैको हुन्छ । तपाईंजस्तो उखानटुक्काविद्ले नीतिको कुरो बुझ्नुहुन्न भन्ने तागत मसँग छैन तर स्वार्थ र मायाले उचित अनुचित छुट्याउने बुद्धिका भाँडामा बिर्को लाइदिन्छ । तपाईंका दाजु महेश्वर ओलीको खोजी गर्नुभयो त ? आफ्नै ठूलाबाका छोरा झापा आन्दोलनका बेला पुलिसले बेपत्ता पारेको खोइ त खोजेको ? अरूको इतिहास सिध्याएर आफूमात्रै चम्कन खोज्नु ‘विषकुभ पयो मुख’ नभएर के हो त काम्रेड ? नराम्रो गर्छु भनेर त कंस, रावण, हिटलर, हिरण्यकश्यपु, दादा इदि अमिन कसैले पनि सोचेनन् ।
बुद्धिकै भाँडामा बिर्को लागेपछि अहिले नेपालमा तपाईंहरू तीनजानाले जसरी नेपाल र नेपालीको जीवन नुनिलो, पिरो, अमिलो बनाउनुभएको छ कहिले मिलेर, कहिले जुधेर अनि कहिले सेटिङ गरेर बस हुने यस्तै हो । अन्यथा त भएकै छैन काम्रेड तर जनता अत्तालिए ।
यसरी बुद्धिकै भाँडामा बिर्को लागेपछि अहिले नेपालमा तपाईंहरू तीन जानाले जसरी नेपाल र नेपालीको जीवन नुनिलो, पिरो, अमिलो बनाउनुभएको छ कहिले मिलेर, कहिले जुधेर अनि कहिले सेटिङ गरेर बस हुने यस्तै हो । अन्यथा त भएकै छैन काम्रेड तर जनता अत्तालिए । तिनलाई न सत्ता चाहिएको छ न प्रधानमन्त्री । तिनलाई त दुःख गरेर भए पनि बिहानबेलुका अमनचयनका साथ एक डल्लो ढिँडो भए पुग्छ । खाली तपाईंहरूका माखे साङ्लामा, स्वार्थ र तिगडमका जालमा परेर बरवाद हुनुनपरे पुगेको छ । उनीहरू न विद्यासुन्दर शाक्य हुन् गरिबलाई खुवाउँदा बेइज्जत हुने । न त सुहाङबुहाङ हुन् बिरादरी थाम्ने न त रवि कि हवि नै हुन् दुनियाँ मारेर पनि ओली र पुकदाको काख पाउने ।
यो खेल त प्रचण्ड, ओली र शेबदेको न हो । अभागी मोरा जनता तपाईंहरू जस्ता महान् सत्ताका खेलाडीका छिर्कनेमा परेर बरवाद भए । तरतरी पसिना बगाएर मिहिनेत गर्ने जनतालाई छिर्कने दाउ लाएर लडाउनु बहादुरी हो र काम्रेड ? तो मोरो कन्धने कुलप्रसाद कांग्रेस थियो त जानै दिनुभएन । काम्रेड डिल्ली उप्रेती र कुलकन्धनेमा विभेद देखाउनु थियो होला । विचरा ती विश्वविद्यालयमा जागिर खाने कर्मचारी र पढ्न आएका विद्यार्थीको के दोष काम्रेड ? जा है बिर्सेंछु, तपाईं त काम्रेड भनेको भन्दा बा ! भनेर ग्वाँ गरेको सुन्न र हेर्न चाहनुहुन्छ रे होइन त ? हुन पनि तपाईंको रुचि विचित्रकै छ छोरो हुनु कहिले कहिले कन्धनी बाट्नु पहिले गरी तीस सय अस्पताल, चार सय जति भ्युटावरको उद्घाटन गरेर उहिल्यै दुनियाँ जिल्याइदिनुभयो ।
प्रकृतिले बनाएका यी जाबो भ्युटावरको के काम हगि काम्रेड । हाम्रा यत्रा पहाडको के काम भत्काएर ढुंगा बेचेर पनि ल्याइन्छ समृद्धि हगि । अनि अब गिरिबन्धु स्टेट, ओम्नी, सर्पखेती, सुरक्षित छापाखाना जस्ता सबै सकिए अब सत्ता पाए के गर्ने त काम्रेड ¤ एउटा न एउटा उद्भा नगरी त नबस्नुस् है । तपाईंका पाँचथरबाट उहिले उहिले नुन लिन कहाँ आउँथे थाह भएन । हाम्रा ओखलढुंगाबाट चाहिँ चिसापानी गोदारमा आउँथे । नुनको ढाकर बोकेर गएका ढाक्रेले एक दिन वनमा भात पकाएर खानलाई दाउरा खोज्दा एउटा मान्छेको खप्पर देखेछ ।
त्यसलाई तोक्माले पल्टाएर हेर्दा ‘लेकको जनुम औलाको मरुन, मरेपछि यस खप्परले एउटा उपद्रो गरून्’ भन्ने लेखेको रहेछ । मरेका मान्छेका खप्परले के चाहिँ गर्दोरछ त हेरिहालुम भनेर एक तोक्मा ठोकेछ खप्परामा अनि त खप्परको एक चोइटो आएर त्यो ढाक्रे ठाउँका ठाउँ ठहरै भएछ रे त्यस्तै चाहिँ उद्भा नगरौं हे काम्रेड । भन्छन् नि चक्चके डिँगाका ...मा डाम, उत्ताउली कोरली बाघले हाम ।
Aha dami