
काठमाडौं । चलचित्र ‘मोदीबेनी’ साउनमा सिनेमाघरमा आउने भएको छ । वितरक कम्पनी एफडी कम्पनी र ऋच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म रिलिजका लागि सबै दृष्टिकोणबाट यो उत्तम मिति रहेको निर्माता दीलिप केसीले बताउनुभयो ।
शंकर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको चलचित्रमा वर्षा सिवाकोटीको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत हुनुहुन्छ । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको पनि चलचित्रमा अभिनय छ ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा चलचित्र आधारित छ । आनन्द विक्रम क्षेत्रीको लेखन रहेको चलचित्रका निर्माता दीलिप केसी र सह–निर्मातामा हरि श्रेष्ठ हुनुहुन्छ । चलचित्रमा उत्सव दाहालको डिओपी छ भने भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन तथा सगुन तामाङको प्रमुख सहायक निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच