
दाङ । उतिवेल गीत संगीतमा लाग्ने कमै थिए । जति थिए अब्वल थिए । गीत संगीतमा लाग्नेहरूले विभिन्न समस्या झेल्नु पर्ने हुन्थ्यो । नयाँलाई त यो यात्रा निकै कठिन र उदेग लाग्दो । तर, सन्तोषलाइ यो अनिवार्य यात्रा जस्तै थियो । थाक्ने पछि पर्ने र हिँड्नेहरू हिँडिरहन्छन् यो सन्तोषले बुझेको हुनुपर्छ र त उतिबेलाका भेषप्रसाद श्रेष्ठ अहिलेका सन्तोष श्रेष्ठ हुनुभएको छ ।
आफूले वर्षौं लगाएर बनाएको स्थान हलुंगो नहोस् भन्नेमा सन्तोष सचेत हुनुहुन्छ । लोकप्रियताको पछि दौडिँदै गर्दा राम्रा सिर्जनाहरू मरिरहेको भान उहाँलाई छ । उहाँका अहिलेसम्म ४४ वटा एकल संगीतबद्ध एल्बमहरू सार्वजनिक भइसकेका छन् । त्यस्तै उहाँका गीत र गजल गरी आधा दर्जन एकल प्रस्तुति रहेको छ भने करिब आठ सय आधुनिक तथा चलचित्रका गीतहरूमा संगीत गरिसक्नु भएको छ । साथै सयौं लोक दोहोरी गीतहरूको गायन र संकलन पनि गर्नु भएको छ सन्तोषले ।
बाटो सजिलो थिएन तर आस्था भने बलियो थियो । विद्यालयमा गाइने राष्ट्रिय गीत, कक्षा गत गीत, शुक्रबारीय कार्यक्रम, लाखे जात्रा, चराको चिरविर आवाज, वनजंगलका सुस्केराहरू, खोला-नाला, बतास र शून्यतामा सन्तोषले संगीत देख्नुभएको थियो उतिबेलै । त्यसैले उहाँलाई संगीतभन्दा आनन्द अर्को केहीमा लागेन । उहाँले संगीतमा अनुशासन, संस्कार र जीवन देख्नुभयो । एक स्रष्टाको ज्योति धिपधिप बलिरहेको थियो शहरको छेउकुनामा । सन्तोष सानैदेखि चलाख हुनुहुन्थ्यो । र त कक्षा कोठमा उहाँको कान निमोठीयो । बनफ्याँड्यामा वनेको स्कुलमा त्यतिवेल उहाँ कक्षा १ मा अध्ययन गर्नुहुन्थ्यो । कक्षा कोठाको अभावमा कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिन्थ्यो । एकजना शिक्षक कक्षा २ का विद्यार्थीलाई तत्कालनी राजाको नाम भन्न लगाए तर कोही बोल्न नपाउँदै सन्तोषले फ्याट्ट राजाको नाम भन्दिहाल्नुभयो । अनि उनै शिक्षकले उहाँको कान निमोठे । वनफ्याँड्या स्कुलमा बोलेको त्यो बोली सन्तोषका लागि १० वर्षका लागि अभिसाफ भयो । त्यतिवेला सन्तोषको कानभन्दा मन धेरै दुख्यो । सन्तोषको बाल मनोविज्ञानमा उत्तर भन्न नहुने रहेछ भन्ने गडेर गडेर बस्यो । त्यसपछी सन्तोष १० वर्षसम्म न त वोल्न पाउनुभयो न गाउँन र त रमाउन । बस अब बाँकी रहृयो स्कुल जान र आउनमात्र । दश कक्षासम्म पढ्दा अतिरिक्त क्रियाकलापमा भाग लिने र पढाइका अन्य कुरामा पनि उत्तर भन्ने कहिल्यै हिम्मत आएन सन्तोषलाई ।
दाङको हापुरमा माध्यमिक तहको शिक्षा पूरा गरेर सदरमुकाम घोराही झरेपछि २०५६ सालमा दाङमा आयोजित खुला लोकगीत प्रतियोगितामा सन्तोष जिल्ला प्रथम हुनुभयो । यो उहाँको चराइरहेको घाउको मलमपट्टी थियो । त्यो लोकगीत प्रतियोगीता उहाँको उठ्ने आधार वन्यो । रोगोकी रोग निको पार्ने औषधि थियो । मुलकुरो त कठिन यात्राको प्रारम्भ थियो । त्यो वाटो कठिन छ नजाउ एकथरी भाँडन खोज्थे । हिँड्नुपर्छ शाहस बोकी हिँडिरहनुपर्छ अर्कोथरी भन्थे । सन्तोष दुवै कुरालाई चाखपुर्वक सुन्नुहुन्थ्यो र आफ्नो इलमा लागिरहनुभयो । यही मेसोमा उहाँले २०६२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभो । यसले उहाँलाइ थप ऊर्जा मिल्यो । हुन त त्यसअघि २०५८ सालमै सन्तोष श्रेष्ठको संगीतमा पहिलो एल्बम ‘चिनारी’ बजारमा आइसकेको थियो ।
चिनारी एल्बमको पहिलो गीत थियो, ‘आउँछु भनी पापिनीले भर किन पार्नु’ । त्यो बेला आधुनिक गीतमा रामकृष्ण ढकालको बर्चश्व थियो । त्यसैले सन्तोषले पनि यो गीत रामकृष्णलाई नै गाउन दिनुभयो । ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र ?, ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु’, ‘तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ’, ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, ‘तिमीले हाँसो लुटी लाग्यौ रुँदै रुँदै बाँचेकी छु’, ‘तिमीलाई सञ्चो छैन भन्ने खबर पाएँ मैले’, जस्ता सन्तोषका गीतले पहिलै वजार तताइ सकेका थिए । हाल सन्तोषको संगीत र स्वरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको गजल ‘आकाशमा शशी छन्’, कविशिरोमणि लेखनाथ पौड्यालको गजल ‘हे मातृभूमि’, सत्यमोहन जोशीको गजल ‘माया रानीलाई’ र राष्ट्रकवि माधवप्रसाद घिमिरेको गजल ‘पश्चिम रुन्छ महाकाली हाल वजारमा चर्चाको शिखरमा छन् ।
आफूले वर्षौं लगाएर बनाएको स्थान हलुंगो नहोस् भन्नेमा सन्तोष सचेत हुनुहुन्छ । लोकप्रियताको पछि दौडिँदै गर्दा राम्रा सिर्जनाहरू मरिरहेको भान उहाँलाई छ । उहाँका अहिलेसम्म ४४ वटा एकल संगीतबद्ध एल्बमहरू सार्वजनिक भइसकेका छन् । त्यस्तै उहाँका गीत र गजल गरी आधा दर्जन एकल प्रस्तुति रहेको छ भने करिब आठ सय आधुनिक तथा चलचित्रका गीतहरूमा संगीत गरिसक्नु भएको छ । साथै सयौं लोक दोहोरी गीतहरूको गायन र संकलन पनि गर्नु भएको छ सन्तोषले ।
विश्व संगीतको इतिहासमा पहिलोपटक १२ अन्तर्राष्ट्रिय भाषामा संगीत गरेबापत विश्वकै प्रतिष्ठित संस्था गिनिज बुक अफ वल्र्ड रेकर्डले संगीतकार सन्तोष श्रेष्ठलाई विश्व कीर्तिमानी संगीतकारको प्रमाणपत्र प्रदान गरेको छ । सन्तोषका सम्मान तथा पुरस्कार अनगिन्ती छन् । संगीतलाई आफ्नो कर्म बनाएर गायनमा आफूलाई अब्बल प्रमाणित गर्नुभएका सन्तोषले अवको योजना खुलाउन भने चाहानु भएन । सन्तोषको यो अविरल यात्रामा अझ धेरै क्रियशनले नेपाली गीतसंगीतको फाँट समृद्ध बनोस् शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच