
काठमाडौं । आफ्नो २५औं वार्षिकोत्सवको अवसर पारेर चलचित्र पत्रकार संघ नेपालले सातजना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । यही जेठ ७ गते काठमाडौंमा एक कार्यक्रमबीच उक्त सम्मान तथा पुरस्कार अर्पण गरिने संघले जनाएको छ । अध्यक्ष समीर बलामीको अध्यक्षतामा मंगलबार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
संघका महासचिव रघुनाथ सापकोटाले एक विज्ञप्ति जारी गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिनुभएको हो । पत्रकार विदुर गिरीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान-२०८१’, कृष्ण भट्टराई र राज श्रेष्ठलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान-२०८१’ प्रदान गरिने भएको छ ।
यस्तै, दाङ कार्यक्षेत्र हुनुभएका पत्रकार शिव पुनलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार-२०८१ र मदन रिजाललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१ बाट पुरस्कृत गरिने संघले जनाएको छ । सोही समारोहमा सुरज खड्का तथा अशेष अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिने भएको छ । पुरस्कारमा नगदसहित सम्मान पत्र रहेको जनाइएको छ ।
हिटाकर्मी अधिकारीलाई सम्मान तथा पुरस्कार
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा पारेर राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८१ चलचित्र पत्रकार गीता अधिकारीलाई प्रदान गर्ने निणर्य गरेको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाइने दिवसको अवसरमा उक्त पुरस्कार अधिकारीलाई प्रदान गर्ने भएको हो ।
उक्त पुरस्कारलाई चलचित्र निर्माता एंव वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ नाम दिइएको छ । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । गीतकारसमेत रहनुभएकी अधिकारी हिटाकर्मीसमेत हुनुहुन्छ । उहाँको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ ।
मंगलबार बसेको संघको बैठकले चलचित्र पत्रकारिता पुरस्कार-२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहुनभएका अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिवसमेत हुनुहुन्छ ।
यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्रीलाई प्रदान गर्ने भएको छ । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी गराउनुभयो । यहाँहरूलाई हेटौंडामा एक विशेष समारोहबीच यही जेठ ७ गते चलचित्र पत्रकारिताका दिवसका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने अध्यक्ष खड्काले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच