काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएजसरी नेपाली कांग्रेसले टिओआर बनाउन चाहेको आरोप लगाउनु भएको छ ।
उक्त प्रकरण छानबिनका निम्ति बनाउने भनिएको संसदीय समितिको ‘टीओआर’ तयार पार्न आइतबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि उहाँले यस्तो आरोप लगाउनु भएको छ ।
समितिको कार्यादेश बनाउँदा नै व्यक्तिलाई दोषी मान्न नसकिने उहाँको भनाइ छ । “समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो । आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसंगत हुँदैन,” उहाँले भन्नुभयो ।
कार्यदलमा रहेका दलहरूले आ–आफ्नो अडान कायमै राख्दा कार्यादेशको टुंगो लाग्न सकेको छैन ।
आजको संसद् बैठकमा गृहमन्त्री लामिछानेले जवाफ दिने र त्यसपछि फेरि कार्यदलको बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।
छानबिन गर्नुपर्ने व्यक्तिकै नाम नराखेपछि समितिको अर्थ नहुने कांग्रेसले बताउँदै आएको छ । यता सत्तापक्ष भने व्यक्तिको नाम नराखी समग्र समस्याग्रस्त सहकारीको छानविन गर्न समिति बनाउने पक्षमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच