काठमाडौं । यसअघि दशरथ रंगशालामा जेठ २४ गतेका लागि तय भएको फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल साउदी अरेबियामा हुने भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले दुई टोलीबीचको खेल जेठ २४ गते ‘न्युट्रल भेन्यु’ साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फहद रंगशालामा सञ्चालन गर्ने भएको हो । एएफसीले दशरथ रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य रहेको भन्दै साउदी अरेबियामा खेल खेलाउन निर्देशन दिएको हो । यसअघि युएईमा भएको पहिलो लिगमा नेपाल ४-० गोलले पराजित भएको थियो ।
दशरथ रंगशालाको निरीक्षण गर्न आएको एएफसीका प्रनिनिधिले मैदानको दुबो, माटोको सतह, फ्लड लाइट र सुरक्षाको विषयमा कमजोरी देखाउँदै नेपालमा खेल सञ्चालन गर्न नसक्ने जनाएको थियो ।
यसअघि दशरथ रंगशालालाई कमजोरी देखाउँदै एएफसीले नेपाल र बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलाएको थियो । चैत ८ गते भएको उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो । चैत १३ गते भएको दोस्रो खेलमा नेपाल बहराइनसँग पुनः ३-० गोलले पराजित भएको थियो ।
विश्वकपअन्तर्गत एसियाली छनोटमा समूह ‘एच’ मा रहेको नेपाल यसअघिका चार खेलमा लगातार पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिसकेको छ । यस्तै, यसअघि नेपाल र यमनबीच यमनमा हुने तय भएको खेल पनि अब साउदी अरेबियामै हुने तय भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच