
काठमाडौं । सरकारले सबै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात प्रदेशमा रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाएको छ ।
जेठ १७-१८ कोशी प्रदेश, १९-२० मधेश प्रदेश, २१-२२ गण्डकी प्रदेशको पोखरा, २३-२४ लुम्बिनी, २५-२६ कर्णाली प्रदेशको सुर्खेत, २७-२८ सुदूरपश्चिम प्रदेशको धनगढी र २९-३० बागमती प्रदेशको ललितपुरमा मेला हुने मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने र रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने बताउनुभयो ।
सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको उल्लेख गर्दै उहाँले ‘श्रमाधान रोजगार मेला’ कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच