
काठमाडौं । युगकवि सिद्विचरण श्रेष्ठको ११३औं जन्मजयन्ती राजधानीमा मनाइएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा संयुक्त रूपमा बुधबार आयोजित कार्यक्रममा नेपाली साहित्यमा युगकवि सिद्धिचरणले पुर्याउनुभएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे चर्चा गरिएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले निरंकुुश राणा शासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, संघर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन युगकवि सिद्विचरण श्रेष्ठले महत्वपूर्ण योगदान दिनुभएको चर्चा गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले युगकवि सिद्विचरण श्रेष्ठका कवितामा पाइने युगीन चेतना र प्रभावले युवा पुस्तालाई प्रगतिपथमा लाग्न प्रेरणा दिएको बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले युगकवि सिद्विचरण श्रेष्ठले नेपाली साहित्यको स्वच्छन्दतावादी तथा प्रगतिवादी धाराको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
युगकवि सिद्विचरण प्रतिष्ठानका सदस्य डा.फणीन्द्रराज निरौलाले युगकवि श्रेष्ठको जीवनी चर्चा गर्दै नेपाली साहित्यमा सर्वप्रथम हड्ताल र क्रान्ति जस्ता शब्दको प्रयोग गर्दै युगीन चेतनाबोध गराउन युगकवि सक्षम देखिएको बताउनुभयो ।
युगकवि सिद्विचरण प्रतिष्ठानका उपाध्यक्ष प्राडा मोहन लोहनी, प्राडा विश्वनाथ भण्डारीले युगकवि सिद्विचण श्रेष्ठको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे चर्चा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच