
नेपालको राजनीति आशा लाग्दो ढंगले अघि बढ्न सकेको छैन । वर्तमान राजनीतिक अवस्था देख्दा आमजनता निराश बनेका छन् । जनता निराश हुनु भनेको व्यवस्थामाथिको खतरा हो । हिजो जुन वर्ग परिवर्तनका लागि लड्यो आज त्यही वर्ग व्यवस्थाप्रति असन्तुष्टि बढ्दो छ, यो राम्रो संकेत होइन । राजनीति क्षितिजमा जे देखिरहेका छौं, खासै आशा लाग्ने परिणाम देखिरहेका छैनौं । नेपालमा के भयो भने सीमित व्यक्ति र समूह मिलेर राज्यको ढुकुटी दोहन गरिरहेका छन् । आज देशको राजनीति बदनाम गराउने गलत पात्र हावी हुनाले हो । राजनीतिका गलत पात्रहरूलाई दूधमा परेको माखोलाई जस्तै फाल्नुपर्ने जरुरी छ । लगानीविनाको व्यापार-व्यवसाय भएको छ नेपालको राजनीति ।
अलिकति चर्को स्वरमा बोल्न सक्ने र युट्युबमा भाइरल हुनेहरू आज नेता भएका छन् । त्यतिमात्र होइन, सांसदसमेत भएका छन् । नीति, सिद्धान्त र विचारमा टेकेर बोल्न जान्दैनन् । मनमा जे आउँछ त्यही बोलेर चर्चा कमाउनेको कमी छैन यहाँ । आखिरमा तिनै नेता बन्छन् र देशको नेतृत्व गर्न पुग्छन् । अनि देश बन्छ ? हामी त नेताबाट ठगिएका नागरिक हौं, हाम्रो कुरा कसैले सुन्दैन । गलत बाटोमा गएर देश चलाएको आलोचना गर्दा आफैं नीहरूको निसानाको तारो बनिन्छ ।
नेताको चाकडी र चाप्लुसी गर्नेहरू महल बनाएर बस्न थाले । दिन-रात पसिना बगाउँदै खटेर काम गर्नेहरू बिहान-बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देश झन् पछि झन् गरिब बन्दै गयो । धनी र गरिब बराबरी हुने हो भनेर हिजो जनताको बुद्धि भुट्दै हिँड्नेहरू अनेक सपना देखाउनुहरू आज सत्ताको चास्नीमा छन् । खोइ गरिब र धनी बराबर भएका ? । हिजो जनतालाई बाँडेका आश्वासन किन पूरा हुँदैनन् । नेता धनी भए, जग्गा, जमिन, घर, गाडी सबै उनीहरूको छ । अब उनीहरू गरिब बन्न सक्दैनन् र गरिबका कुरा पनि उठाउँदैनन् । धनी र गरिबबीचको खाडल झन् गहिँदो बन्दै जानथालेको छ । वर्तमान राजनीतिक दल र तिनका नेताबाट अब यो सम्भव छैन ।
नेपालको राजनीति व्यक्तिवादी चरित्र र सत्ता स्वार्थका कारण सही ढंगले अघि बढ्न सकेको छैन । लामो समयदेखि मुलुक राजनीति अस्थिरतामा गुज्रिँदै अघि बढिरहेको छ । यो नै देशका लागि दूर्भाग्य हुँदै आएको छ ।
काठमाडौंमा थुप्रिएको फोहर जसरी नेपालको राजनीति गनाइरहेको छ । यसभन्दा बढी के भन्ने ? आज देशको राजनीति जालझेल हुँदै अघिबढिरहेको छ । चिन्ता यो हो ? लोकतन्त्र भएको नभएको जनताले त्यस्तो अनुभूति गर्न पाएका छैनन् । व्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । नेताको जीवनमा मात्र परिवर्तन आएर हुन्छ ? लोकतन्त्रका नाम भजाएर खानेहरू धेरै छन् । वडादेखि प्रदेश हुँदै केन्द्रसम्म हामीले नेता पाल्नुपरेको छ । देशको अर्थतन्त्रले धान्न सकेन । यिनीहरूलाई पालेर केही उपलब्धि भएन । अब नेता पाल्न सकिँदैन । जनताको करमा नेतादेखि उनका तलका कार्यकर्तासमेत पाल्नुपर्ने बाध्यता किन आयो ? देशको अर्थतन्त्रले संघीयता धान्न सकेन ।
देशको राजनीति गलत बाटोतर्फ उन्मुख हुँदैछ भन्ने थाहा हुँदाहुँदै किन नेताहरू कुरा बुझ्ँदैनन् ? केही राजावादीहरू व्यवस्थाविरुद्ध सडकमा नाराबाजी गरिहेका छन् तर लोकतन्त्रवादी शक्तिहरू सत्ता स्वार्थको खेलमा रुमल्लिरहेका छन् । राजनीति दल र तिनका नेताहरूबाट जनताले थप आश केही गरेका छैनन् । केन्द्रको राजनीति समीकरण फेरबदलसँगै प्रदेश सरकार पनि ढल्ने र बन्ने गरेका छन् । यस्तो खेलले राजनीति अस्थिरतामात्र बढाउने गर्दछ । आज कम्युनिष्ट नाम गरेका पार्टीबाटै सरकारको नेतृत्व भइरहेको छ तर उनीहरूले मुलुकका बारे केही सोचेनन् ।
कम्युनिष्टहरू जुन सिद्धान्त र नीति बोकेर आए त्यस अनुसार चल्न सकेनन् । नेपालका कम्युनिष्टहरूले देश बनाउन नसक्ने देखियो । सुरु-सुरुमा कम्युनिष्टका नेताहरू ‘काम्लो ओढेर घ्यू खान्छन्’ भन्ने सुनिन्थ्यो, आज ठ्याक्कै मेल खाएको छ । सत्ताका लागि जे पनि गर्न तयार छन् कम्युनिष्ट दल र तिनका नेता कार्यकर्ता । कम्युनिष्टकै कारण राजनीतिको परिदृश्यमा देखापरेका पछिल्ला घटनाले झन् संघीयता र संसदीय लोकतन्त्रप्रति वितृष्णा बढाएको छ ।
लामो समयदेखि मुलुक राजनीति अस्थिरतामा गुज्रिँदै अघि बढिरहेको छ । देशका लागि दूर्भाग्य हुँदै आएको छ । हिजोका दिनमा कम्युनिष्टका नेताहरू चप्पल पड्काउँदै काठमाडौ छिरेका थिए तर आज तिनैका घर, घडेरी, चिल्ला गाडी छन् । यो जनतामाथिको घात हो । हामीले बुझेको राजनीति भनेको त समाज सेवा हो तर दूर्भाग्य राजनीतिका नाममा बदनाम भइरहेको छ । पछिल्लो समय नेताहरूमा सम्पत्ति जोड्ने होडबाजी नै चल्दै आएको छ । देश विकास गर्ने चाहना फगत नारामै सीमित छ ।
देश विकासको मूल उद्देश्य सदियौंदेखि दलित, उत्पीडित जनतालाई माथि तानेर उकास्ने र जीविकोपार्जन एवं व्यापार-व्यवसाय गर्न सहज वातावरण निर्माण गरिदिने हो । यो राज्यको दायित्व र कर्तव्य हो । संविधानले यही संकल्प गरेको छ । नीति, सिद्धान्त र निष्ठाको राजनीति हराउँदै गएको छ । सिद्धान्तको राजनीति सधैं स्वच्छ प्रतिस्पर्धामा आधारित हुने भएकाले मुलुकका निम्ति हितकारी हुन्छ । स्वार्थकेन्द्रित अस्वस्थ राजनीति मुलुकका निम्ति घातक हुन्छ । स्वार्थको राजनीतिले आन्तरिक कलह र खिचातानी बढाइरहेको छ । आन्तरिक रूपमा राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक हो । राष्ट्रिय मुद्दाको सवालमा, विदेश नीति, राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र सीमा रक्षाको सवालमा राज्यका सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्छ ।
स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त नेतृत्व आमनेपालीको चाहनाका साथै देशको आवश्यकता हो । यसले मात्रै मुलुकको आर्थिक उन्नयन, दिगो विकास सम्वभ छ । तर, हाम्रो वर्तमानको अवस्था र शैलीलाई नियाल्दा त्यसबाट हामी धेरै टाढा देखिन्छौं ।
प्रमुख दलकै शीर्षस्थ नेताले सत्ता जोगाउन र वैचारिक स्वार्थ सिद्ध गर्न विदेशी शक्तिको शरणमा पुग्ने गर्दा राष्ट्रिय राजनीति कमजोर अवस्थामा पुग्ने गरेको छ । आज देशमा खराब नेता र नेतृत्व हावी हुँदा जनताले दुःख पाउन परिरहेको छ । जता हेरे पनि निराशै निराशमात्र देखिन्छ । आश गर्ने ठाउँ नभएपछि बहुलाउनेबाहेक नागरिकमा अरू विकल्प छैन । लाज पचेकाहरू देश चलाइरहेका छन् । देशमा नागरिले दुःख पाइरहेको थाहा पाउँदापाउँदै पनि उनीहरू कानमा तेल राखेर सुतेजस्तो बहाना गरिरहन्छन् । राजनीति त विचार, सिद्धान्त, निष्ठा र आदर्शले चल्ने हो । जब यी सबै कुरा बिर्सेर जब छलछाम र ढाटको राजनीति सुरु हुन्छ तब अवसरवादले प्रश्रय पाउछ । राजनीतिक दलमा देखिएको अवस्था पनि यही हो । सबै दलभित्र विचार, सिद्धान्त, निष्ठा र आदर्श होइन, अवसरवाद, ढाट, छलछाम हावी छ ।
यहाँ जसले यथार्थ कुरा बाहिर ल्याउँछ ऊ सबैको तारो बन्ने गरेको छ । यसलाई सच्याएर दलहरू अघि बढेनन् भने मुलुक झन्-झन् रसातलमा जान सक्छ । स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त नेतृत्व आमनेपालीको चाहनाका साथै देशको आवश्यकता हो । यसले मात्रै मुलुकको आर्थिक उन्नयन, दिगो विकास सम्वभ छ । वर्तमानको अवस्था र शैलीलाई नियाल्दा त्यसबाट हामी धेरै टाढा देखिन्छौं । अंग्रेजीमा एउटा उखान छ ‘जहाँ इच्छा त्यहाँ उपाय’ अर्थात् एउटा ढोका बन्द हुनुभनेको सयौं अन्य सम्भावानाका ढोका खुल्नु हो । अर्थशास्त्रीहरूको मतमा पनि संकटको बेला पैसा बन्द हुने नभई पैसाको प्राथमिकतामा फेरबदलमात्र हुने हो । त्यसैले वर्तमानको यो कहालीलाग्दो निराशमा सम्भावनाका ढोकाहरू खोजौं । भनिन्छ नि ! हरक कालो बादलमा चाँदीको घेरा हुन्छ । राजनीतिक अस्थिरताको घनचक्करबाट मुलुकलाई पार लगाउन सबै मिलेर अघि बढौं ।
वर्तमान अवस्थाको मुख्य दोषी को ? पहिचान गरौं । राजनीतिक दल र तिनको शीर्ष नेतृत्व कि यससँगै हामीले अवलम्बन गरेको निर्वाचन प्रणाली ? समस्याको पहिचान गरेर उपाय खोजी गरेमा मात्र निकास निस्कन सक्छ । विपक्षीको अवरोध र सत्तापक्षको अडानले संसद्लाई कहिलेसम्म बिजनेसविहीन बनाइराख्ने ? अत्यावश्यक कानुनसमेत बनाउन संसद् असफल हुनुले व्यवस्थामाथि नै नकारात्मक कोणबाट प्रश्न उठ्ने स्थिति सिर्जना हुनुमा को जिम्मेबार छ त ? आउनुहोस् बहस गरौं र निकास निकालौं । निराशा नबढाऔं आशाको ज्योति बालौं । भवतु सब्ब मंगलम् । (डा.उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्ति हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच