
काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको निधन भएको छ । उहाँको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित ब्लड अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । महासंघका महासचिव रोसन पुरीद्वारा जारी शोक विज्ञप्तिमा भण्डारीको निधनबाट महासंघ स्तब्ध भएको जनाइएको छ ।
ब्लड क्यान्सरबाट पीडित भण्डारीको केही समयदेखि उक्त अस्पतालमा उपचारत भइरहेकोमा उपचारकै क्रममा जेठ १४ गते सोमबार निधन भएको हो । भण्डारीका श्रीमती र एक छोरी हुनुहुन्छ ।
झण्डै तीन दशकदेखि पत्रकारितामा सक्रिय भण्डारी पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चको प्रकाशन स्वास्थ्य सन्देश मासिकको सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको महासंघले शोक विज्ञप्तिमा भनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच