नमागिएको सल्लाह
सिन्जा उपत्यका प्रकृतिको विशिष्ट सिर्जना हो । यहाँ खस राजाहरूले १२ देखि १४ शताब्दीसम्म राज गरेका थिए । त्यस बेलाको खस साम्राज्य शक्तिशाली थियो । यसको प्रख्याति भारतसम्म थियो । यस उपत्यकामा पाइएका ऐतिहासिक महत्वका सामग्रीहरूलाई पुरातत्व विभागले सुरक्षित गरेको कारणले पनि यो स्थानको विशिष्टता झल्किन्छ । जुम्ला जिल्लामा रहेको यो उपत्यका पुरानो खस राज्यको राजधानी हो । नेपाली भाषाको उद्गमस्थलको रूपमा चिनिने भएकाले यसको ऐतिहासिक महत्व रहेको छ । चौधौं शताब्दीमा खस साम्राज्य बाइस राज्यमा विभाजित भयो । अठारौं शताब्दीमा नेपाल एकीकरण नभएसम्म यो कायमै रहृयो । खस साम्राज्यका संस्थापक राजा नागराज थिए ।
हिमा नदीको आसपासका गुफाहरूमा बुद्धकालीन अवशेषहरू पाइएका छन् भने १३औं शताब्दीका देवनागरी लिपिका नमुनाहरू यस क्षेत्रमा र दैलेखको दुल्लुमा पनि पाइएका छन् । सन् २००८ मा यस क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ । विद्यालय छुट्टी हुने समयमा सरकारी विद्यालय पढ्ने देख्दै अभावग्रस्त लाग्ने अबोध बालबालिकाले विस्मयपूर्वक हामीलाई हेरेको दृश्य मायालाग्दो थियो । कुनै छुमन्तर गरेर हुने भए वा गर्ने उपाय भए उनीहरूको अवस्था परिवर्तन गर्न पाए हुन्थ्यो जस्तो लाग्ने । सायद उनीहरूले हामीलाई शहरिया भनेर हेरेको हुनुपर्छ । मनको कुनामा कतै लाग्यो होला यिनीहरूको जत्तिको हुन पाए कस्तो हुन्थ्यो होला । यस्तै अनुभूति भएको थियो–मलाई बाल्यकालमा ।
क्रान्तिका कुरा गरेर नथाक्ने कम्युनिष्ट भनिएका नेताहरू र प्रवचनमा बीपीको समाजवादी चिन्तनलाई पनि परास्त गर्लान् जस्ता कांग्रेसहरूले व्यवहारमा जनताको अवस्था तुलनात्मक रूपमा राम्रो बनाउन किन सकिरहेका छैनन् । सकेका छैनन् यस कारणले कि यिनीहरू लागिपरेकै छैनन् ।
त्यस बेलाको रुम्जाटार हवाइमार्गमात्र उपाय भएको दुर्गम पहाडी जिल्ला ओखल्ढुंगा । जिल्लाको पनि दुर्गम गाउँ रातमाटे, छहरे, कोइराला गाउँ । त्यस्तो गाउँको पाखे देउरालीमा श्रेष्ठ थरका प्रमुख जिल्ला अधिकारी आउने भएका थिए । म पनि त्यो सिडिओ भन्ने जात कस्तो हुने रहेछ भनेर हेर्न गएको थिएँ । क्वाक्र्वार्ती हेरेँ । मनमा कतै लागेको थियो-आफू पनि यस्तै बन्न पाए । धत्, कत्रो महत्वाकांक्षा, आफैंलाई गाली गरेको सम्झना छ । सिन्जाको साधारण सरकारी विद्यालयमा पढ्ने ती नानीबाबुहरूलाई पनि लाग्यो होला-यस्तै शहरिया बन्न पाए तर मैले गर्न के नै सक्थेँ र ? सोचेँ गर्न सक्ने हैसियत भएकाहरूलाई पनि मेरोजस्तो अनुभव भए हुने नि ।
सबै मुख्य दलका नेताहरू आफूले दुःख पाएको, ज्यानको बाजी लगाएको कारण यस्तै अवसरविहीनको अवस्था सुधार गर्न भनेको सुनिन्छ । मनमा प्रश्न उठ्छ के उनीहरूले चाहेर पनि गर्न नसेकेकै हुन् त ? हामीभन्दा बढी जनताको अनुहार उनीहरूले हेर्नुपर्छ, ती अभावग्रस्त बालबालिकाको मलिन र अन्यौलग्रस्त अनुहार देखेर दुई छाक खान, राम्रो पढाइ भएको विद्यालयमा पढ्न, बिरामी भएको बेला साधारण उपचार गर्न सक्ने अवस्था बनाउने हुट्हुटी नेता भनिएकाहरूमा किन नजागेको होला ? कुरा सबैजना समाजवादकै गर्छन्, तिनको समाजवाद किताबको समाजवाद हुँदो हो । व्यवहारमा आफैंलाई पुँजीपतीकरण गर्ने अभिष्ट हुँदो हो । नत्र मञ्च पाउँदा साम्यवाद र समाजवादको कुरा गर्न उनका गुरु कार्ल माक्सलाई नै कमजोर पार्लान् जस्तो लाग्दछ ।
क्रान्तिका कुरा गरेर नथाक्ने कम्युनिष्ट भनिएका नेताहरू र प्रवचनमा बिपीको समाजवादी चिन्तनलाई पनि परास्त गर्लान् जस्ता कांग्रेसहरूले व्यवहारमा जनताको अवस्था तुलनात्मक रूपमा राम्रो बनाउन किन सकिरहेका छैनन् । सकेका छैनन् यस कारणले कि यिनीहरू लागिपरेकै छैनन् । सिन्जा उपत्यकाका ती नानीबाबुको अवस्था मानसपटलमा राखेर भावुक बन्नुबाहेक मैले तत्काल गर्न सक्ने के नै थियो र ? मुगुबाट नाग्मसम्म आउने बसका सहयात्रीहरू सहयोगी थिए । हामीलाई स्थानीय भाषामा ठाउँ र गाउँको परिचय दिइरहेका थिए । बसभित्र ग्रामीण गरिबीको बासना थियो । घ्यू खाँदा लाग्ने कहिले हो कहिले भनेर होला, खानेबित्तिकै लाग्ने जिनिसको गन्ध थियो । त्यो गन्धले त्यहाँको गरिबीलाई कटाक्ष गरिरहेको थियो । गरिबीको बासनालाई बिजुलीपानीले दुर्गन्धित बनाएको थियो ।
यस्ता अनेककौं अनुभूति सँगाल्दै जुम्ला जाने बिन्दु नाग्म पुग्दा साँझ परिसकेको थियो । पुल तरेर पारि गएपछि जनही ४०० रुपैयाँ तिर्नेगरी एउटा सानो गाडीको बन्दोबस्त भयो । हामीसँग बसमा आएका अरू पाँचजना सहयात्रीसँगै जुम्ला उपत्यका पुगियो । रात परिसक्यो, अन्यत्र कहाँ जाने ? दुई दिनअगाडि बसेकै होटेलमा पुगियो । होटेलमा धेरै चहलपहल देखेर कोठा नपाइएला कि भन्ने चिन्ताले सताएको थियो । धन्न साहुनीले पहिले भनेको कुरा सम्झेर एउटा कोठा राखिदिएकी रहिछन् । चहलपहल हुनुको कारण थियो-एमालेको जिल्ला अधिवेशन । एउटै कोठामा पचास थान जत्ति जुत्ता थिए होलान् । मानिसहरूमा चुनावी ज्वरो देखिन्थ्यो, ज्वरोभन्दा नसा भन्न ठीक होला ।
यस्तै नसा, उत्पादन र उत्पादकत्व बढाउँनमा लागिदिए कति राम्रो हुने थियो । हैसियत भएका नेताको चेसको गोटी बन्नका लागि त्यत्रो ठूलो श्रमशक्ति खेरगइरहेको छ । समाज त्यसैमा रमाएको छ । समाजको यस्ता टपरटुइँयापनले खेतबारी बाँझिएका छन् । समय-आसन ग्रहण र भाषणमा बितिरहेको छ । उत्पादकको इज्जत छैन । टपरटुइयाँ र दलालहरू हावी छन् । समाजलाई अनुत्पादक बनाइरहेका छन् । युवा जनशक्ति विदेशिएको छ, देशमा भएको जनशक्ति उत्पादन प्रक्रियामा लाग्नमा भन्दा पार्टीको राजनीतिक बिल्ला लगाएर आसन ग्रहण र भाषण खोज्दै हिँडेको छ अनि रासन फलाइदिने कस्ले ? संयोग कुनै पार्टीको अधिवेशन पर्नुमात्र हो । सबै पार्टीको हाल यस्तै हो ।
आ ¤ व्यर्थको किन चिन्ता गर्नु ? आफ्नो चिन्ता छ-भोलिको नेपाल वायु सेवा निगमको जहाज आउँछ कि आउँदैन ? होटेल साहुनीलाई सोधेको- तीनदिन भइसक्यो नआएको, आउँदैन होला भनिन् । नमज्जा लाग्यो । खिन्न बन्दै विमानस्थलतिर गएको । जहाज आउने लक्षण आयो । होटेल साहुनीले आफ्नो व्यापार बढाउँन झुट कुरा गरेकी रहिछन् । जहाज लगातार सधैं आएको अवस्था रहेछ । ती झुटी साहुनीकोमा खाना खान मन पनि लागेन । वायुसेवा निगमबाट काउन्टर खुलेको खबर पाएपछि दंगदास बनेर विमानस्थल पुगियो । नपत्याउँदा नपत्याउँदै जुम्लाको आकाशमा जहाज देखियो । पाइलट कक्षबाट एक नारी र पुरुष झरे । क्याप्टेन हुँदाहुन् ती अलि पाका नै थिए । एकजना नवयौवना नानी देखा परिन् । पक्कै कोपाइलट हुनुपर्छ ।
छायाँनाथ प्रालिको बसमा गरिबीको बासना थियो भने बुद्ध एअरका यात्रुमा महँगा अत्तरको कृत्रिम गन्ध थियो । मगुबाट जुम्ला आउने बसमा पोषणयुक्त खाना र सामान्य रोगको उपचार नपाएर चालीस वर्षका मानिस साठी वर्षका जस्ता, बुद्ध एअरका सहयात्रीहरू साठी वर्षका पनि चालीसजस्तो देखिने ।
मनमा चिसो पस्यो । आफ्नो आशंकाग्रस्त मनलाई आफैंले सम्झाएँ । सानै उमेरमा महिलाले कत्रो तरक्की गरिसकेका छन् । महोदय, तिमी कस्तो भयग्रस्त यात्री, ढुक्क भएर बस । वायु सेवा निगमको जहाजले रनवे छोड्यो, जति उचाइ चढ्यो उति चर्को आवाज, उचाइ लिँदो छ, आवाज बढ्दो छ । कुनै बेला त ट्रक चढ्नेजस्तो लाग्ने । अत्यासलाग्दा भीर पाखा, पानी नभएका लामा बगरहरू, मानिसको लोभपापले बिग्रदो प्रकृति हेर्दै, कुनै बेला बादलभित्रै हराउँदै, कहिले हुत्त तल जाँदै, कहिले माथि हुत्तिँदै यात्रा अघि बढिरहेको छ । अब चाहिँ समथरफाँटहरू देखिन थाले । डराएको मनलाई केही सान्त्वना भयो ।
जहाज चढेको बेला एउटा प्रश्न उठ्यो चालक दलका सदस्यले आफ्नो परिवारका सदस्यलाई हरेक अवतरणपछि जानकारी गराउँदा हुन् कि ? उडान सकिएपछि गराउँदा हुन् । मेरो डराएको मनमा उठेको प्रश्न । जसले जे भने पनि काम त जोखिमपूर्ण नै हो नि । जहाजको उचाइ घटेसँगै मनको डर पनि घट्दो छ । हेर्दाहेर्दै जहाज अवतरण भयो । नेपालगञ्ज विमानस्थलमा प्रकृतिले न्यानो अभिवादन गरिन् । ‘लू’ चलिसकेको अवस्था चाहिँ होइन । जुम्लाबाट जहाज चढेपछि छोरी मनिषालाई अनलाइनबाट टिकट खरिद गर्न सल्लाह भएको थियो । नेपालगञ्जमा करिब १ बजे अवतरण हुनासाथ मोबाइलमा उनको सन्देश देखियो ।
बुद्ध एअरको साँढे चार बजेतिरको टिकट थियो । अगाडिकै उडानमा पाइन्छ कि ? कोसिस गर्नु भन्ने सल्लाह थियो छोरीको । सल्लाह अनुसार काउन्टरमा बुझ्दा बोर्डिङका लागि लाइनमा बस्न भनेपछि अर्को अनुकूलता थपियो । करिब दुई बजेतिर विमान काठमाडौंका लागि उड्यो । नयाँ जहाज । मन्द आवाज । धेरै विचलन पनि छैन । यात्रा आरामदायी छ । सहयात्रीतर्फ नियाल्दा मुगुको ज्वाला डिलक्सका सहयात्रीको अनुहार सम्झेँ । यसका सहयात्रीहरूको अनुहार नियालेँ । एउटै देशमा केही अन्तरालको यात्रामा देखिएका अनुहारमा कत्रो फरक । कतिपय त बिहानै राजधानी गएर बेलुका फर्कने हुँदा हुन् ।
छायाँनाथ प्रालिमा गरिबीको बासना थियो भने बुद्ध एअरका यात्रुमा महँगा अत्तरको कृत्रिम गन्ध थियो । मगुबाट जुम्ला आउने बसमा पोषणयुक्त खाना र सामान्य रोगको उपचार नपाएर चालीस वर्षका मानिस साठी वर्षका जस्ता, बुद्ध एअरका सहयात्रीहरू साठी वर्षका पनि चालीसजस्तो देखिने । कत्रो विभेद छ हाम्रो समाजमा । यस्तै प्रश्न उठे मनमा । यसको जड कारण शिक्षा र स्वास्थ्यको सुलभ पहुँच अनि चेतना रहेछ । कसरी त्यो विपन्न बस्तीमा शिक्षाको उज्यालो पुर्याउने । सचेतनाका लागि पनि शिक्षा नै चाहियो । शिक्षाको विस्तारका लागि शिक्षण संस्था मुख्य-मुख्य आवश्यकता हुन् । त्यसमा पहुँच अर्को महत्वपूर्ण विषय हो । गरिब बालक÷बालिकाले भेडा बाख्रा नचराए घर व्यवहार चल्दैन ।
आफूभन्दा साना नानीको हेरचाह गर्नुपर्यो । बाबु आमाको पुख्र्यौली कृषि पेशामा सघाउँनु पर्यो । ड्रेस, कापी, कलम कसरी बन्दोबस्त गर्ने, खाजा त टाढाको कुरा भइगयो । शिक्षाको पहुँचमा पुर्याउँन कठिन । विद्यालयमा भर्ना भएपछि विद्यालय छोड्ने बाध्यता आइपर्दछ, अनि कसरी अभाव र गरिबीको कुचक्र तोडियोस् । यस्तै विचार मनमा खेलाउँदै गर्दा जहाजकी परिचारिकाको सुरिलो आवाज आयो- हामी केही मिनटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्दैछौ । जहाज नरोकिएसम्म सिटको पेटी बाँधेर आफ्नो सिटमा बसिरहनु होला । म त विमानबाट अवतरण गरेँ । कर्णालीको दुःखी जीवनबाट मेरा छायाँनाथ यातायातका सहयात्रीजस्तै मुहारका धेरै नेपालीलाई उनीहरूको चरम गरिबीबाट कसरी अवतरण गराउँने होला ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच