
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।
दुवै लगानीलाई संवद्र्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो शर्त सरकारको तर्फबाट कानूनहरुमा सुधार, नीतिहरुमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता सरकारले महशुस भएको बताउनु भयो ।
उहाँले एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका जटिलताहरु रहेको भन्दै जटिलता फुकाउन लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिएको बताउनु भयो । उहाँले लगानी सम्मेलन कति सफल/असफल भएको बारे समीक्षा हुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा स्वदेशी तथा विदेशी लगानी दुवै लगानी प्राथमिकताका हिसावले वाह्य लगानी पनि जरुरी छ, आन्तरिक लगानी पनि जरुरी छ । दुवै लगानीलाई संवद्र्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो शर्त सरकारको तर्फबाट कानूनहरुमा सुधार, नीतिहरुमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता सरकारले महशुस गरेको छ । अहिले पनि हामीले यि थुप्रै कानूनहरु किन संशोधन ग¥यौँ, किन यो प्रश्ताव ल्यायौँ भन्दा अन्तरमन्त्रालयसँग अहिले पनि त्यो खालको उपयुक्त वातावरण छैन । एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका यि जटिलताहरु हामीले भोगिरहेका छौँ । लगानी सम्मेलन कति सफल बन्नसक्यो, कति त्यसका सकारात्मक सन्देशहरु हामीले प्रवाह गर्नसक्यौँ, लगानी सम्मेलनबाट कति उत्साह पैदा गर्नसक्यौँ, कति उत्साह पैदा हुन सकेन । कति सफल भयो, कति असफल र रह्यो । त्यसको पनि एउटा समीक्षा गरौँला ।’
मन्त्री भण्डारीले लगानीका लागि संशोधनको प्रश्ताव गरिएको ऐन पनि पर्याप्त नरहेको तर सरकारले शुरुवात गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच