सिंजा सभ्यता संरक्षण विधेयकलाई मन्त्रीपरिषद्‌बाट सहमति दिने निर्णय

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सहमति दिने नेपाल सरकारले ऐतिहासिक निर्णय गरेको छ । बिहीबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकलाई शैद्धान्तिक सहमति दिने ऐतिहासिक निर्णय गरेको हो । लामो समयको अथक प्रयासपछि ऐतिहासिक निर्णय भएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितका लागि पहल समितिका संयोजक नरेश भण्डारीले जानकारी दिनुभयो ।

पहल समितिले लामो समयदेखि विधेयक दर्ताका लागि पहल गरिएको थियो । सिंजा सभ्यता संरक्षण विधेयक पारितका समितिका संयोजक भण्डारीले भन्नुभयो,“ मन्त्रीपरिषदबाट भएको निर्णयले सिंजाको लागि ऐतिहासिक काम भएको छ । निर्णयका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल,गृहमन्त्री रवि लामिछाने, उर्जा मन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री हितबहादुर तामाङ, संचार मन्त्री रेखा शर्मा तथा सिंगो मन्त्री परिषद्लाई धन्यवाद दिन चाहन्छ । ”

पहल समिति र सदस्यहरु निर्णय प्रक्रियामा योगदानगर्ने सबैप्रति आभार प्रकट छ । विधेयक पारितका लागि २०८० चैत महिनामा भण्डारीको संयोजकत्वमा २३ सदस्यीय पहल समिति गठन गरिएको थियो । यसअघि यो विधेयक कर्णाली प्रदेश सभामा दर्ता समेत गरिएको थियो । विधेयक तत्कालीन प्रदेश सभा सदस्य नरेश भण्डारीले दर्ता गरेका थिए । तर, उक्त विधेयक प्रदेश सभामा पारित हुन सकेन ।

प्रदेश सभामा गैरसरकारी विधेयककारूपमा दर्ता गरिएपनि असफल भएपनि भण्डारीले संघीय सरकारसँग पटकपटक पहल गरिरहेका थिए । पारितकै लागि सरकारलाई दबाब दिन सवर्वपक्षीय पहल समिति गठन गरिएको थियो ।

पूर्व सांसद भण्डारीले २०६४ सालमा जुम्लाबाट पहिलो संविधानसभा सदस्यहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक २०६८ मा तत्कालीन समय दर्ता गराएर ऐनमार्फत् कर्णाली प्रतिष्ठानको स्थापना भएको थियो । यो विधेयकलाई अब कार्यान्वयनको चरणमा लैजाने सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकस मितिका संयोजक भण्डारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?