पाल्पा । पाल्पामा खोलाले दुई जनाको ज्यान लिएको छ । यहाँका माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा खोलाले दुई जनाको ज्यान लिएको हो ।
जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिनुभएको छ । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला पर्नुभएको हो । बेपत्ता घर्तीको खोजी गर्ने क्रममा झडेवा खोला किनारमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जाकारी दिनुभयो । प्रहरीले महिलालाई खोला तर्ने क्रममा बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
खेतमा काम गर्न भनि गएकी र बेलुकी अबेरसम्म घर नफर्किएपछि परिवार र आफ्न्तले खोजीकार्य गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए । हराएकै दिनदेखि प्रहरी, आफन्तजन, स्थानीयबासीहरुले उनको खोजतलास गरेका हुन् । खोज्दै जाँदा गाउँपालिकाको केन्द्रदेखि केही तल खोलामा ६ दिनपछि उहाँ विहीबार मृत अवस्था भेटिनुभएको हो ।
यस्तै जिल्लाकै रम्भा गाउँपालिका–१, सर्दीस्थित कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नामथर, वतन नखुलेका अन्दाजी ४०/५० वर्षको जस्तो देखिने पुरुषको शव नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । यस्तै विष सेवनबाट एक पुरुषको मृत्यु भएको छ । तानसेन नगरपालिका –११ बडहरबोटका ५९ वर्षीय तिलबहादुर रानाभाटको विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विहीबार कोही कसैलाई जानकारी नगराई घरबाट हिँडेका उनी घरदेखी अन्दाजी २ कि.मी. दक्षिणतर्फ रहेको प्रतिक्षालयमा फलामको बेञ्चमा विषादीको बट्टसहित सुतिरहेको अवस्थामा मृत फेला पर्नुभएको थियो । प्रहरीले मृतकको नजिकै रोगो क्राउ लेखेको तरकारीमा छर्ने विषादीको बट्टा फेला पारेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच