
काठमाडौं । हेमन्त शर्माको स्वरमा रहेको गीत ‘मुस्ताङतिर चल्दिम यार’ सार्वजनिक गरिएको छ । गायक शर्माकै शब्द, स्वर र कम्पोज, राकेश सोनीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आधुनिक रोमान्टिक प्याट्रनको गीतको भिडिओ हेमन्तकै कन्सेप्टमा बनेको हो । पवन सुस्लिङले खिचेका भिडिओमा सुन्दर एसडीएस र जुना विश्वकर्मा फिचर्ड हुनुहुन्छ ।
सुन्दर रिल्स र टिकटकमा आफ्नो नृत्यका कारण चर्चामा हुनुहुन्छ । सुन्दरको नृत्य मनपर्ने बताउँदै शर्माले उहाँलाई सुहाउँदो गीत तयार पारेर भिडियो खेलाएको बताउनुभयो । डान्सिङ प्याट्रनको गीतको कोरियोग्राफी सुन्दरले नै गर्नुभएको हो । त्यसैगरी विपिन बार्मेल, सन्देश विके, रूपक खड्का, लक्ष्मण खत्री, आशिका गौतम र सविना राईको नृत्य छ भिडियोमा ।
शम्भु श्रेष्ठ निर्माता रहेको गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन र कलरिङ गर्नुभएको हो । गीतको भिडियो गायक हेमन्तको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच