काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को ‘इण्डक्ल्याप’ गरिएको छ । २३ दिन चित्लाङ र सात दिन चितवनमा छायांकन भएपछि चलचित्र सकिएको हो । कलाकार र प्राविधिकहरूको साथका कारण तोकिएकै समयमा चलचित्रको छायांकन सकिएको निर्देशक वसन्त निरौलाले जानकारी गराउनुभयो ।
चलचित्रमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा हुनुहुन्छ । बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारको पनि चलचित्रमा अभिनय छ । छायांकन सकेसँगै चलचित्रको निर्माण टिम पोष्ट प्रोडक्शनको काममा जुटेको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच