समतल भू-भाग, कृषियोग्य भूमि, सिँचाइको सुविधा दक्षिणमा भारतजस्तो विशाल र जनघनत्व बढी भएका प्रदेशहरूसित सीमा जोडिएको, कल कारखानाका लागि चाहिने आवश्यक कच्चा पदार्थको उपलब्धता पनि सहज रूपमा हुनसक्ने, परिश्रमी जनशक्ति उद्योग-व्यापार फष्टाउनसक्ने प्रचूर सम्भावनाका बाबजुद तराई-मधेसको आर्थिक विकास राम्ररी किन हुन सकेन ? यस यक्ष प्रश्नको जवाफ तराई-मधेसको नीति निर्माताहरूले नै दिनुपर्दछ । निर्वाचित प्रदेश सरकारहरू अस्तित्वमा आएको साढे ६ वर्ष बितिसक्दा पनि तराई-मधेसको समुचति विकासको मार्ग किन बन्न सकेको छैन ? तराई मधेसको विकासका निम्ति प्रष्ट नीति, दूरदर्शिता र जनउपयोगी कार्य नीति आवश्यक छ । प्रादेशिक सरकारहरूले आ-आफ्नो आर्थिक विकासको निम्ति आवश्यक नीति-निर्माण गर्नु आवश्यक छ । संघीय सरकारमाथि दोषारोपण गरेरमात्रै समस्याको समाधान हुन सक्दैन ।
तराईले नेपालको कूल भूभागको सत्र प्रतिशत ओगटेको छ । देशको कूल जनसंख्याको ५० प्रतिशत मानिस यस क्षेत्रमै बसोवास गर्दछन् । जिडिपीको दृष्टिकोणले पनि यस क्षेत्रको योगदान दुईतिहाइको हाराहारीमा छ । देशको कुल कृषि उत्पादनमा पनि यसको योगदान दुईतिहाइको हाराहारीमा छ । देशको कुल उत्पादनमा ५५ प्रतिशत योगदान तराई क्षेत्रकै हुने गर्दछ । औद्योगिक क्षेत्रमा समेत तराई-मधेसको योगदान अग्रणी छ तर पनि यस क्षेत्रको कृषि, उद्योग एवं पर्यटनको समुचित विकास हुनसकेको छैन । फलस्वरूप तराईको अर्थतन्त्रको पनि विकास हुन सकेको छैन ।
देशको कूल योग्यभूमिको दुईतिहाइभन्दा बढी भूभाग तराई क्षेत्रमा नै छ । त्यसैले होला यसलाई ‘अन्नको भण्डार’ भन्ने गरिन्छ । सामान्यतया यस क्षेत्रमा कृषि उत्पादनको एक भाग नेपालको अभावग्रस्त पहाडी क्षेत्र तथा देशबाहिर पनि पठाउने गरिन्छ ।
देश संघीय संरचनामा गएपछि तथा प्रादेशिक सरकारको नेतृत्व पनि प्रदेशकै जनप्रतिनिधिमार्फत नै भए विकासको गति द्रुत हुने अपेक्षा गरिएको थियो तर हुनसकेन । प्रादेशिक सरकारले प्रदेशको विकासका लागि उचित मार्ग चित्रसमेत तयार पार्न सकेको छैन । केही यस्ता क्षेत्र छन्, जहाँ तराई-मधेसका प्रादेशिक सरकारहरूले चाहेमा आ-आफ्नो क्षेत्रको द्रुत आर्थिक विकास गर्न सक्दछ तर यसको निम्ति भिजन हुनु आवश्यक छ । कृषि, उद्योग र पर्यटनका क्षेत्रमा ध्यान केन्द्रित गरेमा ठूलो उपलब्धि हासिल गर्न सक्दछ ।
तराई-मधेसको आर्थिक विकासको आधार कृषि, पशुपालन फलफूल खेती, माछापालन तथा केही संख्यामा जागिर छन् । रेमिट्यान्सबाट आएको रकम पनि एउटै आधार हो । टोकरी, कलात्मक तथा आधुनिक फर्निचर सुन-चाँदीका गहना तथा हस्तशिल्प तिनको आयका स्रोत हुन् । तराईमा अधिकांश कृषि, औद्योगिक तथा हस्तशिल्प स्थानीय हाट बजारमा बिक्री हुने गर्दछ । तराईको अर्थव्यवस्थामा यस्ता हाट बजारहरूको महत्वपूर्ण भूमिका हुने गर्दछ । सडक र पुलजस्ता संरचनात्मक साधनको अभावमा यी हाट बजारहरूको विकास हुन सकेको थिएन । यातायातको क्षेत्रमा काम हुन थालेकाले यसमा सुधार हुन थालेको छ ।
देशको कूल योग्यभूमिको दुईतिहाइभन्दा बढी भूभाग तराई क्षेत्रमै छ । त्यसैले होला ‘अन्नको भण्डार’ भन्ने गरिन्छ । सामान्यतया यस क्षेत्रमा कृषि उत्पादनको एक भाग नेपालको अभावग्रस्त पहाडी क्षेत्र तथा देशबाहिर पठाउने गरिन्छ । सुख्खा मौसममा यहाँका किसानहरूले सीमावर्ती भारतीय बजारवाट खाद्यान्न खरिद गर्नुपर्ने अवस्था आउँछ । सीमावर्ती भारतीय बजारमा अपेक्षाकृत सस्तो मूल्यमा खाद्यान्नलगायतका सामान पाइन्छ । तराई-मधेसका मध्यम वर्गीय र निम्नमध्यम वर्गीय, जनताको क्रयशक्ति कमजोर भएकाले सस्तोमा आउने सामानको खरिद गर्नुपर्ने बाध्यता छ ।
सिँचाइको सुविधा भएको ठाउँमा वर्षमा तीन-चारपटक बाली भित्र्याउने गरिन्छ तर औंलामा गन्न सकिने केही सीमित किसानमात्रै यस्तो गर्न सकिरहेका हुन्छन् । अहिले पनि तराईका अधिकांश कृषि भूमिमा सिँचाइको सुविधा छैन । अनेकौं सिँचाइ आयोजनाका कार्य कछुवाको गतिमा बढेका छन् । खेतीको समयमा नहरमा पानी नहुने तर बेमौसममा नहरमा यथेष्ट पानी रहने अवस्था रहन्छ । अब त सिँचाइ कार्यालयहरू प्रदेश सरकारकै अधिनमा आएका छन् तसर्थ यदि तराई-मधेसका किसान सामु सिँचाइको समस्या छ भने यसको निम्ति त्यहाँका नेता जिम्मेवार छन् । अब केन्द्रमाथि दोष थोपर्न मिल्दैन ।
तराई मधेसको मुख्यबाली धान हो, जसको मुख्य आधार मनसुन नै हो । धानको मौसममा तराईका किसान खेत चित्ताकर्षक देखिन्छन् । तराईका धानका अतिरिक्त गहुँ, मकै, उखु, दलहन, तेलहन, कपास, फलफूल र तरकारी उब्जाउने गर्दछन् । नेपालका अन्य किसान जस्तै खेतीको मौसममा मलखाद, बिउ, कीटनाषक औषधि आदिको अभावबाट गुज्रिने गरेका हुन्छन् ।
तराई मधेसका नदी नालाहरूको सतहमाथिसम्म आउनुले पानीको अभाव देखिनु प्रमुख कारण हुन् । तराई मधेसका अत्यधिक गर्मी उत्पन्न हुनुको मुख्य कारण वन फँडानी र बालुवा-गिट्टीको अत्यधिक उत्खनन् नै हो । प्रकृतिले हाम्रो आवश्यकतालाई मात्रै परा गर्न सक्दछ, अत्यधिक लिप्सालाई होइन ।
किसानहरूले आफ्नो उत्पादनको समुचित मूल्य पाउन नसक्नु भण्डारणको अभाव, शीतगृहको अभाव बजारको अभाव, बालीको बीमा नहुनु सरकारी सहायता, सम्बन्धित र सक्कली किासन सामु नपुग्नु, कृषि उपकरणमा अत्यधिक भन्सार शुल्क, कृषि विकास बैंकबाट ऋण लिनमा अनेकौं समस्या, ऋणको चर्को ब्याजदर आदिले किसानको जग्गा नै लिलाम हुने अवस्था उत्पन्न हुन्छ । भूमिसम्बन्धी अवैधानिक नीतिका कारण कृषिको अवस्था दयनीय देखिन्छ । प्रादेशिक सरकार अस्तित्वमा आएपछि जिल्लास्तरीय कृषि कार्यालयहरू किसानमैत्री नभएर बजेटमैत्री हुनगएका छन् ।
देशको कूल औद्योगिक उत्पादनको सत्तरी प्रतिशत तराईबाट प्राप्त हुने गर्दछ । लघु उद्योगमा पनि अधिकांश योगदान तराई क्षेत्रकै छ । यहाँका अधिकांश उद्योग, कृषिमा निर्भर र ग्रामीण क्षेत्रमै अवस्थित हुन । यसबाट वायु, ध्वनि एवं जल प्रदूषणको समस्या उत्पन्न हुने गर्दछ तथापि नयाँनयाँ प्रविधिको उपयोग गरेर यसमा कमीकमजोरी ल्याउन सकिन्छ । विराटनगर-इटहरी, जनकपुर-ढल्केवर, वीरगञ्ज-पथलैया, भैरहवा-बुटवल र नेपालगञ्ज-कोहलपुर बीचको ग्रामीण क्षेत्रमा स्थापित औद्योगिक एकाइहरूको विकासको अध्ययन गर्ने हो भन्ने यस्ता समस्या र अवस्था सहजै हेर्न सकिन्छ । वन सम्पदाको अत्यधिक दोहन पर्यावरण प्रेमीका लागि चिन्ताको विषय बन्न गएको छ ।
वनक्षेत्रकै वरिपरि चिरान मिल र इँटाभट्टा चिमनीका कारण हरिया रूख लुकिछिपी काटने गरिन्छ । चुरे क्षेत्रबाट अत्यधिक मात्रामा भइरहेको बालुवा र ढुंगाको अवैध उत्खनन्का कारण पनि पर्यावरणीय असन्तुलन उत्पन्न भएको छ । तराई-मधेसका नदी नालाहरूको सतहमाथिसम्म आउनुले पानीको अभाव देखिनु यसका प्रमुख कारण हुन् । तराई-मधेसका अत्यधिक गर्मी उत्पन्न हुनुको मुख्यकारण वन फँडानी र बालुवा-गिट्टीको अत्यधिक उत्खनन् नैहो । प्रकृतिले हाम्रो आवश्यकतालाई मात्रै परा गर्न सक्दछ, अत्यधिक लिप्सालाई होइन । तराई-मधेसमा बन्द परेका विराटनगरका जुट मिल, कपडा मिल, जनकपुर चुरोट कारखाना, रौतहटको चिनी मिल, वीरगञ्ज चिनी मिल, कृषि औजार कारखाना, बुटवलका उद्योगहरू सुचारु भएमा रोजगारको अवसर पनि सिर्जना हुन्छ र देशमा महँगी पनि कम हुन सक्दछ ।
तराई मधेसमा पर्यटनका पनि सम्भावना छन् । लुम्बिनी, जनकपुर, गढीमाई, बराहक्षेत्र छिन्नमस्ता भगवती आदि ठाउँलाई थप सुविधा सम्पन्न बनाइनु आवश्यक छ । पर्यटकको अर्थ तारे होटलमा बस्ने र क्यासिनोको उपयोग गर्नेहरूमात्रै हुँदैनन् । तीर्थयात्रुहरू (धार्मिक पर्यटक) को अत्यधिक सम्मान र सत्कारले नै बढी पर्यटकलाई भित्र्याउने हो । तराईका हराभरा खेत वन–उपवन, बगैँचा, ठूलठूला पोखरी र वनजंगलहरू पर्यटकलाई आकर्षित गर्ने स्रोत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच