
मनोज खतिवडा/हिटा
काठमाडौं । बालउद्धार माध्यमिक विद्यालयमा गुरुपूर्णिमा, शिक्षक सम्मान र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० मा रहेको विद्यालयमा गुरुपूर्णिमाका अवसरमा विद्यार्थीहरूले आफूहरूलाई शिक्षाको ज्योति प्रदान गर्ने आदरणीय, सम्माननीय एवं पुजनीय गुरु तथा गुरुआमाहरूप्रति उच्च सम्मान प्रकट गर्दै गुरुपूर्णिमा कार्यक्रमको आयोजना गरेका हुन् ।
कक्षा १० को सेक्सन ‘बी’ मा अध्ययनरत छात्र तथा विद्यालय क्याप्टेन लोकेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवप्रसाद घिमिरे रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा प्रधानाध्यापक विनोद पण्डित रहनुभयो । त्यसैगरी कार्यक्रमको विशेष अतिथिका रुपमा विद्यालयका सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल, शिक्षक प्रतिनिधि तथा व्यवस्थापन समिति सदस्य सन्तोष लुईटेल, परीक्षा प्रमुख वामदेव भट्ट, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, खरिद कमिटी संयोजक कृष्णप्रसाद दाहाल, मावि तह इन्चार्ज नारायण भट्टराई, निमावि तह इन्चार्ज नगेन्द्र खरेल र बालविकास इन्चार्ज रमलादेवी शर्मा र पूर्व प्रधानाध्यापक होमप्रसाद वाग्ले रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयले २०८० सालको एसइई परीक्षामा विषयगत रुपमा आफ्नो शिक्षण कलामार्फत् विद्यार्थीहरूलाई शिक्षाको डेलिभरी गरी जिपिए ४ सहित उच्च अंक ल्याउन योगदान दिनुहुने शिक्षकहरूको उच्च मूल्यांकन गर्दै सम्मान गरेको थियो । सम्मानित हुनुहुने शिक्षकहरूमा सौरभ गौतम (अंग्रेजी शिक्षक), वासुदेव गुरागाई (अंग्रेजी शिक्षक), विनोद पन्त (विज्ञान शिक्षक), शोभा गिरी (लेखा शिक्षक), गुरुप्रसाद त्रिपाठी (लेखा शिक्षक), रोशन श्रेष्ठ (कम्प्युटर हार्डवेयर शिक्षक), उदयराज कार्की (कम्प्युटर ओओपी शिक्षक) र मनोजकुमार खतिवडा (नेपाली शिक्षक) रहनुभएको छ । उहाँहरूलाई प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धु्रुवप्रसाद घिमिरे, विशिष्ट अतिथि एवं प्रधानाध्यापक विनोद पण्डित र विशेष अतिथि तथा सहायक प्रधानाध्यापक मुरारीकुमार ढकालले सम्मान गर्नुभयो ।
सो कार्यक्रममा अतिथिका रुपमा विष्णुगोपाल घिमिरे, इन्द्रकिशोर झा, चन्द्रकला खतिवडा, शोभा गिरी, पदम पौडेल, उदयराज कार्की, सम्राट सिंखडा, गुरुप्रसाद त्रिपाठी, वासुदेव गुरागाई, सुशीला ढकाल, मनोजकुमार खतिवडा, विनोद पन्त, रोशन श्रेष्ठ, समिर राई, शेखर कलाल, सत्येन्द्रप्रसाद अर्याल, रीता पाण्डेय, रीता भण्डारी, शारदा खत्री, सविना राजभण्डारी, सुनिता काफ्ले, रञ्जु आचार्य, अनामिका अधिकारी, प्रतीक्षा कार्की, इञ्जु कँडेल, शर्मिला थापा, कल्पना आचार्यलगायतका गुरु तथा गुरुआमाहरू रहनुभएको थियो ।
त्यसैगरी कर्मचारीहरूमा लेखा प्रमुख अनिल सिग्देल र लेखा सहायक नम्रता सापकोटा अतिथिका रुपमा रहनुभएको थियो । त्यस्तै कार्यालय सहयोगीहरू इन्द्रराज सापकोटा र परीन्द्रादेवी सापकोटालगायत अतिथिका रुपमा रहनुभएको थियो । यसैगरी सो कार्यक्रममा गत असार महिनामा कक्षा ९ को सेक्सन ‘ए’ तथा कक्षा १० को सेक्सन ‘ए’, ‘बी’ र ‘सी’ मा लिइएको नेपाली विषयको मासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय तथा लक्षित अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवप्रसाद घिमिरे, विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले पुरस्कृत गर्नुभयो । पुरस्कृत हुने विद्यार्थीहरूमा कक्षा ९ सेक्सन ‘ए’ बाट प्रथम, द्वितीय र तृतीय क्रमशः आयुसा लामा, करिणा गौतम र रिया भुजेल रहनुभएको छ भने सोही सेक्सनबाट लक्षित अंक पूरा गरी पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा भावना कटवाल, शिक्षा दाहाल, सुस्मिता थापा मगर, आदित्य शर्मा र प्राञ्जल रेग्मी रहनुभएको छ ।
यसैगरी कक्षा १० ‘ए’ बाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरू क्रमशः जयन्ती कार्की, रविनाकुमारी ठाकुर र तृष्णा अधिकारी हुनुहुन्छ भने सोही सेक्सनबाट लक्षित अंक पूरा गरी पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा दीपा पौडेल, कृपा थारु र प्रयुषा पोखरेल रहनुभएको छ । यस्तै कक्षा १० ‘बी’ बाट सफलता श्रेष्ठ, नितिश यादव र विशाल चौलागाईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरी पुरस्कृत हुनुभयो भने सोही सेक्सनबाट कृष्णा कडायत, अनुषा तामाङ, बबिना बखती, कविता बोहरा र विपिन मल्लले लक्षित अंक पूरा गरी पुरस्कृत हुनुभयो । त्यस्तै कक्षा १० ‘सी’ बाट विद्यार्थीहरू रितेश गिरी, बिबिसा बस्नेत र नवीन साउदले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पुरस्कार प्राप्त गर्नुभएको छ भने सोही सेक्सनबाट बबिना कार्की लक्षित अंक प्राप्त गरी पुरस्कृत हुन सफल हुनुभयो ।
कक्षा ९ र १० मा शिक्षक मनोजकुमार खतिवडाले नेपाली विषयको शिक्षण गर्दै आउनुभएको विद्यालयले जनाएको छ । यस्तै सोही अवसरमा असार महिनामा कक्षा ९ को सेक्सन ‘बी’ मा लेखा विषयमा लिइएको मासिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान (२ जना) प्राप्त गर्ने विद्यार्थीहरू क्रमशः रचना कठेत, जमुना तामाङ, श्याम थामी, आरती राई र डोल्मा लामालाई पनि पुरस्कृत गरिएको थियो । सो कक्षामा लेखा विषयको अध्यापन गुरुप्रसाद त्रिपाठीले गराउँदै आउनुभएको छ ।
यसैगरी असार महिनामै कक्षा ५ ‘ए’ मा लिइएको बुढानीलकण्ठ विषयको मासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय (२ जना) हुने विद्यार्थीहरू क्रमशः अर्जुन पोखरेल, असल बुढा, भुनिशा बुढाथोकी तथा सोही कक्षाको सेक्सन ‘बी’ मा सामाजिक विषयमा लिइएको मासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरू क्रमशः नवीन धमला, विनोद दाहाल र विराज कठायत पुरस्कृत हुनुभएको छ । यस्तै कक्षा ६ को सेक्सन ‘ए’ मा सामाजिक विषयमा प्रजिन कोइराला प्रथम, सृष्टि विष्ट द्वितीय र पश्विता राई तृतीय हुनुभयो भने सोही कक्षाको सेक्सन ‘बी’ मा जीवन मडै प्रथम, विमा बोहरा द्वितीय, सदिमा प्रविण तृतीय हुनुभयो । साथै कक्षा ७ ‘ए’ सामाजिक विषय र ८ ‘बी’ मा बुढानीलकण्ठ विषयमा लिइएको असार महिनाको मासिक परीक्षामा ७ ‘ए’ बाट विपिन विष्ट प्रथम, शिशिर दनुवार द्वितीय, मनिता कार्की तृतीय र प्रकाश रावल तृतीय हुनुभएको छ भने ८ ‘बी’ बाट ममता दर्जी प्रथम, जानुका कार्की द्वितीय र भुवकुमार मगर तृतीय हुनुभएको छ । उल्लेखित कक्षाहरूमा शिक्षक रीता पाण्डेयले शिक्षण गर्दै आउनुभएको छ ।
कक्षा १० ‘ए’ का छात्राहरू तृष्णा अधिकारी र प्रयुषा पोखरेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षक इन्द्रकिशोर झाले विभिन्न जोक्स सुनाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो भने शिक्षक विष्णुगोपाल घिमिरेले मातृवन्दना र गुरुवन्दना शीर्षकका कविता प्रस्तुत गर्नुभएको थियो । शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई विद्यार्थीहरूका विभिन्न गीत, नृत्य, कविता वाचनलगायतका सांस्कृतिक प्रस्तुतिले भव्य, सभ्य र मनोरञ्जनपूर्ण बनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच