बर्दघाटका १ सय २६ जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा नगरपालिकाले मोतियाबिन्दु भएका १ सय २६ जना नगरबासिको निशुल्क शल्यक्रिया गरिदिएको छ ।

नगरपालिकाले गत आर्थिक बर्षमा जिल्ला सदरमुकाम परासीमा रहेको बिनोद निता कण्डेल आँखा अस्पताल सँग सम्झौता गरी उपचारमा लागेको खर्च नगरले बेहोर्ने निर्णय गरि ७ लाख रुपैया बिनियोजन गरिएको थियो । सोही अनुरुप १ सय २६ जना नागरिकको मोतियाबिन्दुको सफल शल्यक्रिया गरि लाभ लिएको अस्पतालले जनाएको छ ।

मोतियाबिन्दु हुनेमा धेरै जेष्ठ नागरिकहरू रहेको र यसबाट अधिकाश जेष्ठ नागरिक लाभान्वित भएका छन । एक जनाको मोतियाबिन्दुको शल्यक्रियाका लागि प्रतिब्यक्ति ५ हजार ४ सय रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

"गरिब बिपन्न नागरिकहरुले पैसाकै कारण दृष्टि गुमाउन नपरोस भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौ, लक्षित ब्यक्तिहरुका लागि प्रभावकारी नै बनेको छ भन्ने बिश्वास लिएका छौ", बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो ।

अस्पतालले पठाएको रेकर्ड अनुसार बिनियोजित रकमबाट झण्डै तिनलाख रुपैयाँ मात्रै खर्च भएको नगरपालिकाका लेखा अधिकृत विष्णुलाल पुरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?