वेस्ट बैंकमा इजरायली आक्रमण : ७ प्यालेस्टिनी मारिए

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । इजरायली सेनाले मंगलवार वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले बताएको छ ।

हमास र फताह आन्दोलनसँग संवद्ध प्यालेस्टाइनी लडाकुहरूसहित चार जना पुरुष उत्तरी वेस्ट बैंकको तुलकर्म शिविरमा इजरायली ड्रोन आक्रमणमा मारिएका छन् । स्रोतहरूले इजरायली सेनाले शवहरू कब्जा गरेको आरोप लगाएका छन् ।

यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार तुल्कारमको एक अस्पतालले इजरायली गोलीबाट मारिएका प्यालेस्टिनी व्यक्तिको शव प्राप्त गरेको र कम्तीमा तीन जना घाइते रहेको बताएको छ ।

इजरायली सरकारी स्वामित्वको कान टिभीले छापा मार्ने क्रममा इजरायली सेनाले ड्रोनद्वारा सशस्त्र व्यक्तिहरूको समूहलाई निशाना बनाएको बताएको छ । एउटा छुट्टै झडपमा दक्षिणी वेस्ट बैंक सहर साइरमा इजरायली सेनाको गोलीबाट दुई युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?