कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा पोष्ट ग्राजुएट्स तहमा सात विषयको पाठ्यक्रम तयार गर्दै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 7 mins

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुएट्स तहको थप सात विषयका पाठ्यक्रम तयारमा लागेको छ । दुई दिनसम्म चलेको प्रतिष्ठानको कार्यशाला गोष्ठीबाटसात विषयका पाठ्यक्रमलाई पूर्णता दिन लागि परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो ।

प्रतिष्ठानले अहिले ५० सिटमा एमबीबीएस कार्यक्रम संचालन गर्दै आइरहेको छ । यस वर्ष पोष्ट ग्राजुएट (पिजी) तहका थप सात विषयको अध्यापन गराउने लक्ष्यका साथ पाठ्यक्रम तयार गरिएको प्रतिष्ठानका उपकुलपति डा.रावलको भनाइ छ । विसं २०६८ मा स्थापना भएको प्रतिष्ठानले हाल स्नातक तथा स्नाकोत्तर तहका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । प्रतिष्ठानले ३ सय बेडको अस्पतालसहित फार्मेसी, जनस्वास्थ्य, नर्सिङ, चिकित्सा महाविद्यालय मार्फत् स्नातक र स्नातकोत्तर तहमा ४ सय भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आइरहेको कर्णाली स्वास्थ्य विज्ञानका रजिष्ट्रार नृपेन्द्र महतले बताउनुभयो ।

प्रतिष्ठानले एनेस्थेसिया, गाइनोकोलोजी,पेडियाट्रिक, एमडीजीपी, अर्थोपेडिक र मेडिसिन जस्ता क्लिनिकल विषयहरुमा एमडी तथा फार्मेसी र जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्यापन गराउदै आइरहेको छ । बेसिक मेडिकल साइन्सहरुमा र थप क्लिनिकल विषयमा एमडी एमएस र एम एस्सी अध्यापन सुरु गर्न पाठ्यक्रम तयार गर्नुपर्ने भएकोले दुईदिने कार्यशाला गोष्ठी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेको सो गोष्ठीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल, शिक्षा आयोगका उपाध्यक्ष,नेपालका अन्य प्रतिष्ठानका उपकुलपति र पूर्व उपकुलपतिहरु,रेक्टरहरु, रजिष्ट्रारहरु ,डीनहरुलगायतको उपस्थिति रहेको प्रतिष्ठानले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिकुलम विकास समितिले विभिन्न विषयमा एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री माइक्रोबायोलोजी, प्याथोलोजी,फर्माकोलोजी,फरेन्सिक मेडिसिन गरि सात विषयमा सम्बन्धित विषयका विज्ञहरुको रिभ्यूसहित पाठ्यक्रम तयार पारेको थियो । ड्राफ्टमाथि कार्यशाला गोष्ठीमा थप विज्ञहरु माझ प्रस्तुतिकरण तथा छलफल गर्दै पाठ्यक्रमलाई पूर्णता दिइएको छ ।

प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी, बायो केमेस्ट्री, फरेन्सिक मेडिसिन, फर्माकोलोजी र क्लिनिकल प्याथोलोजी गरी सात विषयको पाठ्यक्रम तयार हुने भएकाछन् । सात वटा विषयको पाठ्यक्रम निर्माणमा प्रतिष्ठान जुटेको छ । यो वर्ष कम्तिमा छ वटा विषय थप्ने योजना रहेको छ । पहिले नै हामीले पाँच विषयमा क्लिनिक विषयमा अध्ययन गराईसकेका छौँ । प्रतिष्ठानले चारवटा स्कुलबाट विभिन्न १३ वटा स्वास्थ्यकाअरु कार्यक्रम संचालन गरिरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.डबल बहादुर धामीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले सोमबार पाठ्यक्रम सम्वन्धी कार्यशालाको आयोजना टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको हलमा भएको कार्यशालाको उद्घाटनमा बौल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य उपचार तथा स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । स्वास्थ्य शिक्षामा गुणस्तरीयतामा जोड दिनु पर्ने भन्दै विदेशी विद्यार्थीहरु कर्णालीमा अध्ययन गर्ने बातावरण बनाउनु पर्ने स्वास्थ्य मन्त्री पौडेलको भनाइ छ ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले पाठ्यक्रमको फ्रेमवर्क आयोगले बनाउने भन्दै त्यस भित्र रहेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिनुभयो । यस्तै कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिभाषामा अब दुर्गम शव्द हटाउनु पर्ने भन्दै अब सुगम र सजिलो छ भनेर विद्यार्थी तथा फ्याकल्टीहरुलाई तान्नु पर्ने बताउनुभयो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा.डबलबहादुर धामी, निर्देशक डा.पुजनकुमार रोकाय, डीन डा.पोखरेल, प्रतिष्ठानको वस्तुस्थिति र उपलव्ध गराउँदै आएको सेवाप्रवाह बारेमा जानकारी गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?