पछिल्ला दिनमा वन्यजन्तुहरूको सुरक्षाको चिन्ता जुनरूपमा बढेको छ त्योभन्दा धेरै गुणा भय बढ्दै गइरहेको छ । वन्यजन्तुहरूको आक्रमणबाट मानिसहरूको ज्यान गएका वा घाइते भएका उदाहारण थपिँदै गएका छन् । विशेषगरी राष्ट्रिय निकुञ्ज वा आरक्षहरूको छेउछाउका बस्तीहरूमा घटना बढी हुनेगरेको पाइन्छ । बाघ, चितुवा, हात्ती, गैँडा जस्ता हिंसात्मक तथा भयकारी जनावरहरूको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको छ । यस्ता घटनासँग जोडिएर आउने विभिन्न सन्दर्भ छन् । पहिलो कुरा विशेषगरी तराईका जिल्लामा बाघ, गैँडा, हात्ती तथा अर्नाहरूको आक्रमणका घटना बढी हुनेगरेको देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा कोशीटप्पु वन्यजन्तु आरक्षका आसपास निकुञ्जका जनावरहरू बाहिर आएर बस्तीका मानिसहरूमाथि आक्रमण गर्ने गरेका छन् ।
नरभक्षी बाघहरू बस्तीमा आएर मानिस मारेर खाएपछि पल्किएर अरू जनावरहरूको मासु खाँदैन र मानिसकै मासु खाने प्रयास गर्छ भनिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको आसपासमा बाघको भय बढी हुनेगरेको छ । कञ्चनपुरको शुक्लाफाँटामा पनि बाघको आक्रमणबाट वर्षेनी धेरै मानिसको ज्यान जाने वा घाइते बन्ने समस्या बढ्दै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको आसपास हात्ती तथा गैँडाको भय हुनेगरेको छ । यी शाकाहारी जनावरहरू भएकाले बस्ती वरिपरि मानिसले लगाएको खेतीबालीमा चर्न आउने गर्छन् र घर वरिपरि निस्किएका मानिसमाथि आक्रमण गर्छन् । एकताका ध्रुबे हात्तीले पु¥याएको मानवीय तथा अन्य भौतिक क्षति उल्लेख्य भएकाले त्यसलाई नियन्त्रण गर्न राज्यले निकै ठूलो प्रयास गर्नुपरेको थियो ।
कोशीटप्पु अर्नाका लागि प्रसिद्ध छ । अर्नाले मानिसलाई हानेर घाइते बनाउन सक्छ वा तिनको आक्रमणबाट ज्यान जान सक्छ तर यस्ता घटना बाघ, हात्ती र गैँडाको आक्रमणको तुलनामा कमै मात्र हुने गर्छन् । बस्तीतिर आएका, घरपालुवा भैँसीको बथानमा मिसिएर गाउँसम्म आएका अर्नाहरूले वा गोठालो जाँदा मानिसहरू आक्रमणमा पर्दछन् । यस्ता घटना हुनुको कारण एकातिर सरकारले निकुञ्ज तथा आरक्षलाई व्यवस्थित गर्न नसक्नु हो भने अर्कातिर निकुञ्ज तथा आरक्षका आसपासका बस्तीलाई स्थानान्तरण गर्न नसक्नु हो । वन्यजन्तु र मानिस सँगसँगै बसेपछि घटना हुनु स्वाभाविक हो ।
वन्यजन्तुले मानिस मार्ने र मानिसले वन्यजन्तु मार्ने जस्ता घटना भई नै रहन्छन् । अर्कातिर निकुञ्ज वरिपरिको बस्तीका मानिसहरूले पनि बलमिच्याइँ गरेर निकुञ्जभित्र पसी घाँस दाउरा खेज्ने, निगुरो तथा अन्य जडिबुटी संकलन गर्ने, काठ काट्ने, अवैध रूपमा वन्यजन्तुहरूको सिकार गर्न निकुञ्ज प्रवेश गर्ने गर्नाले घटना बढिरहेका हुन् । यस्ता समस्याहरूलाई न्यूनीकरण गर्न निकुञ्जहरूलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । काँडेतारले घेर्ने वा विद्युतीय तारबार गरेर व्यवस्थित गर्न सके यस्ता घटना स्वतः कम हुन सक्छन् । यसतर्फ सरकारले प्रयास गर्नु जरुरी छ । साथै निकुञ्ज निकटका बासिन्दाले पनि आफ्नो सुरक्षाका लागि सावधानी अपनाउनु आवश्यक छ ।
वन्यजन्तुको चलखेलका बाटाहरूमा हिँड्डुल नगर्ने, एक्लै नहिँड्ने, समूह बनाएर हिँड्ने र सकेसम्म निकुञ्जको वरिपरि बस्ती नबसाउने प्रयास गर्नुपर्छ । सरकारले यस्ता बस्तीलाई स्थानान्तरण गर्नु आवश्यक छ । होइन भने आदीम मानिसहरूकै जसरी वन्यजन्तु र मानिसको बासस्थान सँगसँगै रहनाले कि मानिस मारिन्छन् कि वन्यजन्तु मिरिन्छन्, यिनका बीचको यो युद्ध निरन्तर चलिरहन्छ । पहाडी क्षेत्रमा हालका दिनहरूमा बाँदरको संख्या अत्यन्त ठूलो संख्यामा वृद्धि भइरहेको छ । मेचीदेखि महाकालीसम्म नै बाँदरहरू बढ्नुले मानिसहरूको वनजंगलप्रतिको निर्भरता कम हुँदै जानुले हो । वनजंगलको फैलावट विस्तार भएसँगै बाँदरलगायत वन्यजन्तुको संख्या अत्यधिक बढ्न गएको छ ।
प्राकृतिकपनमा भन्दा आधुनिक संशाधनप्रति मानिसको निर्भरता बढेर गएको छ, जसले गर्दा वनमा गएर घाँस दाउरा संकलन गर्नेदेखि हलो, जुवा, हरिस, कोदालाको बिँड, कोदो गहुँ आदि झार्ने लाठा, घर छाउने डाँडाभाटामा मासिनसहरूको निर्भरता घट्दै गएको छ । मानिसले जंगल दोहन गर्न छोडेपछि जंगलको क्षेत्रफल विस्तार हुँदै गएको छ । साथसाथै वन्यजन्तुहरूको संख्या पनि बढेर गएको छ । वन्यजन्तुबाट मानवीय क्षतिका साथै बालीनाली जोगाउनसमेत गाह्रो परिरहेका गुनासा व्यापक रूपमा सुन्ने गरिएको छ । बाँदर, दुम्सी, स्याल, बँदेल, भालुहरूको संख्या बढ्नाले मकैलगायत फलपूmलहरू जोगाउनसमेत मुस्किल हुनेगरेले किसानले सरकारसँग क्षतिपूर्तिसमेत माग गर्ने गरेका छन् ।
सरकारले बँदेल मार्न त किसानहरूलाई अनुमतिसमेत दिएको छ । पहाडी क्षेत्रबाट तराईतिर बसाइँसराइ गर्ने र सम्पन्न हुँदै गएपछि काठमाडौं उपत्यकातिर आउने लहर बढेर गएको छ । यसले गर्दा वनजंगल वृद्धि हुँदै गएका हुन् । वनजंगलको विस्तार सँगसँगै वन्यजन्तुहरूको संख्या बढ्नुलाई अस्वाभाविक मान्न सकिँदैन । विगत वर्षमा यस्ता जनावरले दुःख नदिएका ठाउँहरूमा समेत हाल तिनले किसानका बालीनाली सखाप पारिदिने गरेको पाइएको छ । वन्यजन्तुहरूबाट मानिसले मृत्युुवरण गर्नुपर्ने, घाइते भएर बाँच्नुपर्ने तथा बालीनाली जोगाउनसमेत नसकिने जुन अवस्थाको सिर्जना भएको छ यस्तो अवस्थाबाट मुक्ति पाउन व्यवस्थित बस्ती विकास गर्नुका साथै वन्यजन्तुसम्बन्धी स्पष्ट नीति बनाउनसमेत आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच