
काठमाडौं । रेडियो आहाले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । रेडियो स्थापनाको तेस्रो वर्ष पुगेको अवसरमा रेडियो आहाले काठमाडौंमा एक भव्य कार्यक्रमबीच तेस्रो वार्षिकोत्सव मनाएको हो । राजधानीको डिल्लीबजारबाट सञ्चालन भइरहेको लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेम सुवेदीको रेडियो आहाले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै तेस्रो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नगदसहित किरण खरेललाई रेडियो आहा राष्ट्रिय संगीत विरासत सम्मान, दीक्षा चापागाईंलाई सामाजिक परोपकार सम्मान र सिर्जना वाग्लेलाई महिला सशक्तीकरण सम्मान अर्पण गर्नुभएको थियो ।
सो अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा समाचारवाचिका तथा कार्यक्रम प्रस्तोता सम्झना धमलालाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा देउडा सम्राट नन्दकृष्ण जोशी, हास्य कलाकार श्रीकृष्ण सिंखडा, गायक शिशिर योगीलगायत कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । यस्तै संगीतकार भुपेन्द्र रायमाझीको सांगीतिक समूहले रेडियो आहाको जन्मदिनको शुभकामना गीत प्रस्तुत गरेको थियो ।
समारोहमा संविधानविद् डा.भीमार्जुन आचार्य, चिकित्सक डा.भोला रिजाल, गीतकार विश्व वल्लभ, गीतकार दिनेश अधिकारी, संगीतकार दीपक जंगम, कलाकार नीर शाह मुरलीधर गायक आनन्द कार्की साथै गीतसंगीतका ख्यातिप्राप्त कलाकारको उपस्थिति थियो ।
रेडियोका प्रबन्ध निर्देशक हेम सुवेदीले आगामी दिनमा स्रोताको मन जित्ने प्रकारका कार्यक्रम लिएर आउने बताउनुभयो । रेडियो आहा १०४.५ मेगाहर्जका साथै रेडियो आहा डटकममा पनि प्रतक्ष्य रूपमा प्रसारण हुँदै आएको छ । सुवेदीले विगत २६ वर्षदेखि रेडियोमा आफूलाई कुशल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।
रेडियोका प्रबन्ध निर्देशक सुवेदीको समेत जन्मदिनको अवसर पारेर गरिएको वाषिकोत्सवमा केकसमेत काटेर उहाँको जन्मदिन मनाइएको थियो । समारोहमा उपस्थितले सुवेदीलाई जन्मदिनको शुभकामना दिँदै रेडियोसँगै जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच