
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुले सहज ढंगले दर्शन गरेका बताउनुभएको छ ।
शुक्रवार पशुपतिनाथ मन्दिरमा अवलोकनका लागि पुग्नुभएका मन्त्री पाण्डेले तिजको अवसरमा दर्शनार्थीहरुले पशुपतिनाथ मन्दिरमा सहज रुपमा दर्शन गर्न पाएका बताउनुभएको हो ।
उहाँले आफूले दर्शनार्थी महिलाहरुसँग प्रतिक्रिया लिएको भन्दै सबैले सहज रुपमा दर्शन गर्न पाएको बताएका जानकारी दिनुभयो । उहाँले तिजको अवसरमा मन्दिर दर्शनका लागि पशुपतिनाथ मन्दिरको व्यवस्थापन राम्रो भएको पाएको बताउनु भयो । उहाँले पशुपतिनाथ मन्दिरमा व्यवस्थापन राम्रोसँग गर्न सकेमा जति धेरै दर्शनार्थीहरु आउँदापनि समस्या नहुने रहेछ भन्नेमा विश्वास जागेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो - ‘राम्रो व्यवस्थापन भएको रहेछ । जति ठुलो संख्यामा मान्छेहरु दर्शनका लागि आएपनि व्यवस्थापनका निश्चित मापदण्डहरु पालना गर्दाखेरी सम्भव हुँदोरहेछ भन्ने कुराको विश्वास जागेको छ । त्यसैले मान्छे ठुलो आउनु, भीड ठूलो लाग्नु, भक्तजनहरु धेरै आउनु समस्या होइन कि त्यसलाई व्यवस्थापन गर्न नसक्नु चाहीँ समस्या रहेछ । आज व्यवस्थापन गर्न सकेका कारणले ठुलो संख्यामा दिदीबहिनीहरु भएपनि सबैजना सजिलोगरी दर्शन गरेर फर्किने वातावरण मिलेको छ त्यो सकारात्मक लाग्यो । दिदीबहिनीहरुले चाडपर्वलाई, हाम्रो आफ्नो संस्कृतिलाई जसरी मनाउँदै आउनुभएको छ त्यसभित्रका दार्शनिक, सामाजिक, सांस्कृतिक पक्षहरुलाई अझ गहन ढंगले प्रश्तुत गर्दै जानुपर्छ । कतिपय विकृति बढी भड्किलो, खर्चिलो भयो कि, तिजका नाममा आवश्यकताभन्दा बढी भड्किला गतिविधि पो ग-यौँ कि भन्ने सन्दर्भमा पनि कुरा उठिरहेको बेलामा उहाँहरुले यि क्रिया प्रतिक्रियालाई राम्रोसँग विश्लेषण गर्न सक्नुहुन्छ, आगामी दिनमा राम्रा पक्षलाई अगाडी बढाउँदै लैजाने , केही विकृति भित्रिन खोज्दैछ भने त्यसलाई रोक्ने दिशामा आगामी दिनमा जानुहुन्छ होला भन्ने ठान्छु ।’
उहाँले तिजको नाममा भड्किलो गतिविधिहरु हुने गरेको आवाज उठेको भन्दै आगामी दिनमा विकृति, विसंगतिहरुलाई त्याग्दै चाडपर्व मनाउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच