इलाम । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया बन्ने गर्दछ । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । इलाम भन्ने बित्तिकै चिया र चिया भन्ने बित्तिकै धेरैलाई इलामको सम्झना आउँछ । हरियो गलैंचा विच्छ्याए झैं सुन्दर चियाबारीयो नै इलामको प्रमुख आर्कषण हो ।
युरोप, अमेरिका, चीनलगायत ठाउँमा अढाई दर्जन बेग्लाबेग्लै नाममा पहिचान कमाइसकेको जस्बिरे टी उद्योगले पछिल्लो समय बिब्ल्याँटेमा चियाको पसल नै राखेर चियाँको स्बाद चाख्ने अवसर समेत जुराएको छ । जस्बिरेका युवक सरद सुब्बा र व्यवसायी गृष्म सुब्बाले विदेशमा महँगो दाममा निर्यात हुने उच्च गुणस्तरका चिया इलाम पुग्ने पर्यटकका लागि निशुल्क चिया चाख्ने् व्यवस्था मिलाएका छन् ।
इलाम नगरपालिका–४ को जस्बिरे टी प्रशोधन उद्योगमा बनाइने यी चियाको दाम सुन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । चियाका प्रकारहरुका बारेमा जानकारी नभएका कारण प्राय चिया नेपालमा खपत नभई बिदेशमा खपत हुने गरेको ब्यबसायी गृश्म सुब्बाको भनाइ छ । उहाँका अनुशार न्यूनतम रु १ हजारदेखि अधिकतम ३५ हजार प्रतिकिलोसम्मको मूल्य पर्ने चिया बन्ने गरेको छ । प्रशोधन केन्द्रमा स्वाद र गुणस्तर अनुसार फरकफरक प्रकारका चिया प्रशोधन गरिन्छ ।
इलाममा ब्ल्याक, ग्रिन, ह्वाइट, गोल्डेनलगायत गुणस्तरका तयारी चिया उत्पादन हुन्छन् । भरखरै काठमाडौमा भएको एक कार्यक्रममा नेपालकै टप टी मेकर घोषित समेत हुनुभएको जस्बीरे टी प्रोसेसिङ इन्ड्रस्टिजका संचालक शरद सुब्बा यो चिया कारखानाबाट उत्पादित चियाले स्वदेशी चिया पारखीलाई मात्र नभई विदेशी मुलुकका चियाका पारखीहरुको मन समेत जितिरहेको बताउनुहुन्छ । यो वर्ष पनि विभिन्न देशबाट अर्गानिक अर्थाेडक्स चियाको माग धान्न नसकिनेगरी आइरहेको चिया कारखाना संचालक शरद सुब्बाको भनाई छ । शरदकाले भन्नुभयो, “ नेपालबाट बर्सेनि झन्डै सात अर्ब रुपैयाँको तयारी चिया विदेश निर्यात हुन्छ । भारतबाहेक तेस्रो मुलुक निर्यात हुने अर्गानिक अर्थाेडक्स चियाको सबैभन्दा ठूलो हिस्सा चाहिँ इलामकै हुन्छ । ”
दिगो खेती भएकाले चियालाई स्थायी जागिर जस्तै ठानिन्छ । तराई र पहाडी क्षेत्रमै उत्पादन हुने चिया हजारौंको रोजीरोटीको माध्यम बनेको छ । बिरुवादेखि बगान हुँदै कपसम्म पुग्दा चिया निर्भरको संख्या उल्लेख्य छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच