ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा नं २ टेकनपुरमा सन्चालित सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई खाजा तथा किताब कापी नि:शुल्क उपलब्ध गराउने गरिएको छ । अंग्रेजी माध्यमबाट अध्यापन गराईने उक्त सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमका किताब, कापी र खाजा नि:शुल्क उपलब्ध गराईएको हो । बेलायतमा बसोबास गर्ने भूतपूर्व सैनिकहरुसँग गरिएको चन्दा संकलन रकम ब्याजमा लागाएर आएको ब्याजबाट किताब कापी नि:शुल्क वितरण गर्ने गरिएको छ । विद्यालय व्यवस्थापन समितिबाट चन्दा संकलन गरी विद्यार्थीहरुलाई निशुल्क अर्गानिक खाजा वितरण गर्ने गरिएको छ ।
ग्रामोदय आधारभूत विद्यालय टेकनपुर मोलुङ–२ मा सन्चालनमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामबाट अध्यापन गराइन्छ । अंग्रेजी माध्यामबाट अध्यापन गराउन आवश्यक सम्पुर्ण किताब कापी विद्यार्थीलाई निशुल्क उपलब्ध गराउने गरिएको छ । २०३१ सालमा स्थापाना भएको उक्त सामुदायिक विद्यालय अहिले बालकक्षा देखि कक्षा ८ सम्म अध्यापन भइरहेको छ । सुरुसुरुमा किताबसँगै विद्यार्थीलाई आवश्यक पर्ने सम्पुर्ण स्टेशनरीका सामग्रीहरु पनि वितरण गर्ने गरिएको थियो भने अहिले किताब कापी मात्रै निशुल्क वितरण गरिएको छ । इरेजर, पेन्सील, कटर भने विद्यार्थी आफैँले ब्यवस्थापन गर्ने गरेका छन् ।
बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई नेपाल सरकारले निशुल्क खाजाको लागि पैसा उपलब्ध गराएको छ भने ६ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुलाई विद्यालयले निशुल्क खाजाको ब्यवस्था गरिएको प्रधानाध्यापक सिताराम दाहालले जानकारी दिनुभयो । बेलायतमा बसोबास गर्ने भुपू सैनिकहरुबाट संकलन गरिएको चन्दा रकम रु ५ लाखलाई बिउपुँजीको रुपमा गाउँमा ब्याजमा लगाइएको छ । उक्त रकम बाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट किताब र कापी खरिद गरी विद्यार्थीलाई निशुल्क वितरण गर्ने गरिएको छ । निशुल्क खाजाको लागि भने विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुबाट चन्दास्वरुप रकम संकलन गर्ने गरिएको छ । स्थानिय उत्पादनलाई प्रयोग गरेर विद्यालयमै क्यान्टीनको ब्यवस्था गरी विद्यार्थीहरुलाई अर्गानिक खाजा खुवाईरहेका छन् । अहिले उक्त विद्यालयमा ९५ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
२०७०/०७१ सालतिर कक्षा ५ सम्म सन्चालनार्थ उक्त विद्यालयमा २ जना विद्यार्थी र तीन जना शिक्षक थिए । वरिपरीका सबै विद्यार्थीहरु नजिकै रहेको बोर्डिङ्ग स्कुलमा अध्ययन गर्न जाने गरेका थिए । अलि धनी परिवारका सन्तान बोर्डिङ्ग स्कुलमा जान थालेपछि सामान्य परिवारका सन्तान मात्रै सामुदायिक विद्यालयमा आउन थाले । विद्यार्थी नभएपछि विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुगेको थियो । ति दिनहरु संझदै विद्यालय ब्यवस्थापन समितिका सदस्य शान्त बहादुर राईले भन्नु भयो; ‘बोर्डिङ्ग स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरु वान, टु, थ्री भन्दै हिड्थे, सामुदायिक विद्यालयका विद्यार्थीहरु एक, दुई तीन भन्न पनि आउदैन थियो । हाम्रो विद्यालयमा विद्यार्थी आउनै छोडे ।’ विद्यालयलाई मर्ज हुनबाट जोगाई विद्यार्थी संकलन गरेर अंग्रेजी माध्यामबाट निशुल्क अध्यापन गराउने सोच आयो । गाउँकै तर बेलायतमा बस्ने ब्रिटिश सेनाका भुपू सैनिक साथीहरु सँग केहि रकम चन्दास्वरुप सहयोग गर्न आग्रह ग-यौँ । नभन्दै उहाँहरु ६/७ जना मिलेर ५ लाख रकम सहयोग गर्नुभयो । सोई रकमलाई गाउँमा ब्याजमा लगाएर, ब्याजबाट आएको रकमले विद्यार्थीलाई किताब कापी निशुल्क वितरण गर्न सजिलो भएको छ; ‘राईले भन्नु भयो ।’ त्यसपछि गाउँको प्रत्येक घरमा गएर हामी अंग्रेजी माध्याममा अध्यापन गराउछौ, विद्यार्थीलाई निशुल्क खाजा र आवश्यक स्टेशनरी सहित किताब, कापी पनि निशुल्क गर्छौ भनेर अविभावकलाई भने पछि बच्चाहरु विद्यालय आउन थाले । अहिले विद्यालयलाई कक्षा ५ बाट स्तारोन्नती गरेर कक्षा ८ सम्म पु-याएको छौ । बालकक्षा देखि ८ कक्षा सम्म ९५ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । ८ जना शिक्षकहरुले अध्यापन गराईरहनु भएको छ । शिक्षक विद्यार्थी अविभावक ब्यवस्थापन समिति सबैजना सन्तुष्ट छौँ; ‘राईले खुशी हुदै भन्नुभयो ।'
२०७२ सालको भुकम्पले विद्यालयको भवन पूर्ण क्षति गरेको थियो । भवन भुकम्पले पूर्ण क्षती गरेपछि करुणासेचन फाउन्डेशनको सहयोगमा ६ कोठे भवन निर्माण सम्पन्न भएको छ । ६ कोठा भएको भवनले नपुगेर अहिले मासिक ८ सयका दरले दुईकोठा भाडामा लिएर सन्चालन गरिएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट वालमैत्री विद्यालय कार्यक्रम अन्तर्गत १० लाख बराबरको सहयोग प्राप्त भएको थियो । उक्त सहयोगबाट फर्निचर, ल्यापटप गायतका आवश्यक सामग्रीहरुको ब्यवस्थापन गरिएको छ । कक्षा ४ देखि कम्प्युटर अध्यापन तथा प्राक्टिकल कक्षा सञ्चालन भईरहेको छ । स्मार्ट टिभी र स्मार्ट बोर्डबाट पनि अध्ययन अध्यापन भईरहेको प्रअ दाहालले जानकारी दिनुभयो । एक जना शिक्षक केभिएन संस्था जर्मनीले सहयोग गरेको छ । उक्त संस्थासँग एक वर्षको सहमती भएको पनि दाहालले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच