![आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल](https://ehimalayatimes.com/wp-content/uploads/2024/08/bishnu-poudel-arthamantri.jpg)
काठमाडौं । दुग्ध किसान र डेरी क्षेत्रका समस्या सरकार, निजी क्षेत्रलगायत सबै सरोकारवाला निकाय मिलेर समाधान गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । साताव्यापी विश्व स्कुल दूध दिवस समापन कार्यक्रममा वक्ताहरूले दुग्ध किसान र डेरी व्यवसायी मिलेर अघि बढ्न सकेमात्रै नेपालमा डेरी क्षेत्रले फड्को मार्न सक्ने उनीहरूले बताएका हुन् । नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पछिल्लो समय डेरी क्षेत्रमा समस्या देखिएको भए पनि सामूहिक प्रयासबाट समाधान गर्न सकिने बताउनुभयो । दुग्ध किसान र डेरी क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारको मात्रै मुुख नताकेर प्रदेश तथा स्थानीय सरकारलाई पनि सहयोग र सहजीकरणका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो । तथापि डेरी क्षेत्रका नीतिगत समस्या समाधानका लागि भने संघीय सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले पनि दुग्ध क्षेत्रका समस्या समाधानका लागि सबैभन्दा पहिले डेरी व्यवसायी लाग्नुपर्ने बताउनुभयो । डेरी व्यवसायीकै कमी कमजोरीका कारण विगत लामो समयदेखि दुग्ध किसानले भुक्तानी पाउन नसकेको उहाँको भनाइ थियो । कार्यकारी निर्देशक यादवले भन्नुभयो, ‘डेरी क्षेत्रका सबै समस्या समाधान सरकारले मात्रै गर्न सक्दैन ।
किनभने यसमा विभिन्न क्षेत्रको भूमिका हुन्छ । किसान, डेरी व्यवसायी, सरकार, उपभोक्ता सबै जोडिन्छन् । सबै सच्चिनुपर्छ । खासगरी डेरी प्रोडक्टको बजारीकरणका लागि व्यवसायी नै लाग्नुपर्छ । यहाँ गुणस्तरको कुरा छ, मूल्यको कुरा छ । खोई ध्यान दिएको ? यहाँका तारे होटलहरूमा नेपाली डेरी प्रोडक्टको खपत छैन । किन खपत भएन ? यो व्यवसायीले सोच्नुपर्ने विषय हो नि ?’ कार्यक्रममा सहभागीहरूले दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर बढाउनुपर्ने, उत्पादन लागत घटाउनुपर्ने, मुनाफा घटाएर खपत बढाउनुपर्नेलगायतका सुझाव दिएका थिए । कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रल्हाद, दाहाल, पूर्वअध्यक्ष सुमित केडिया, एसोसिएसनका सल्लाहकार लालकुमार केसी, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतलगायतले पनि दुग्ध क्षेत्रका समस्या समाधानका लागि सहकार्यमा जोड दिएका थिए । नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन भन्ने नाराका साथ साताव्यापीरूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व स्कुल दूध दिवस मनाइएको एसोसिएसनका अध्यक्ष दाहालले जानकारी गराउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच