
काठमाडौं । सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको संगीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो ।
गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको धड्कन बन्ने चाहना यसमा व्यक्त गरिएको छ । शब्दहरू प्रेमिल छन् भने संगीत पनि कर्णप्रिय छ ।
भिडियोमा पशुपति श्रेष्ठ/बद्री श्रेष्ठ/सुमन पी मैनालीको छायांकन एवं सम्पादन छ । सानैदेखि गीत संगीतमा लगाव राख्नुहुने सुशीला पछिल्लो समय अमेरिकाको बोस्टनमा बस्दै आउनुभएको छ । विदेशमा रहे पनि उहाँ नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनुभएको छ । ‘तिम्रो मायाको छहारीमा’ गीतलाई गायिका सुशीलाकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच