
शुरज थपलिया
माया आज हजार वर्षपछि
मैले तिमीलाई पाए
यो मिलन सायद भगवानको चाह रहेछ
मैले तिमीमा भगवान् पाए
भगवान् भनेको प्रेम हो पूजा हो
मैले प्रेम पाए
र, त्यहीँ प्रेमलाई पूजा गरिरहेछु ।
जीवन यति सुन्दर पनि रहेछ
माया यति मीठो पनि रहेछ
सुन्दरता हराइसकेको,
माया मरिसकेको म भित्र
तिमीले फेरि माया भरिदियौ
सुन्दरता थपिदियौ ।
तिम्रो मायाले म आज,
ओतप्रोत भएको छु
तृप्त भएको छु ।
र मैले आफ्नो आँखाबाट,
आँसु बगाएको छु
आँसु यस्तो रैछ,
दुख र सुखमा उसैगरी बग्छ
जसरी बग्छौ हामी,
एकअर्काको मायामा ।
मेरो हात र साथ तिमी सँग सधैं छ
तिमी बस हिम्मत राख्नु
जित्नु यो संसारलाई
तिम्रो नाम हरेक मान्छेको मुखमा होस्
तिम्रो वरिपरि करोडौं मान्छे होउन्
अनि कतै टाढाबाट म तिम्रो खुशी हेरिरहुँ तिमीलाई हेरिरहुँ ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच