
नयाँदिल्ली । खो-खोको पहिलो विश्वकप भारतले आयोजना गर्ने भएको छ । खो-खो महासंघ भारतका अध्यक्ष सुधांशु मित्तलले पहिलो विश्वकप भारतले आयोजना गर्ने बताउनुभएको हो । प्रतियोगिता आगामी वर्षको जनवरी १३ देखि १९ सम्म राजधानी नयाँदिल्लीमा हुनेछ ।
‘भारतले यति ठूलो सहभागिताका साथ पहिलो खो-खो विश्वकप आयोजना गर्ने घोषणा गर्न पाउँदा मलाई गर्व लागेको छ,’ उहाँले भन्नुभयो, ‘प्रतियोगितामा ६ वटै महादेशका २४ देशले सहभागिता जनाउनेछन् ।’
प्रतियोगितामा पाकिस्तान, इरान र अन्य देशहरू पनि सहभागी हुने उहाँले बताउनुभयो । प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने उहाँको अनुमान छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच