काठमाडौं । स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीले पनि सहभागित जनाउने भएका छन् । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए) को आयोजनामा अक्टोबर २३ देखि २७ सम्म ओलम्पिक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्सको प्रतियोगितामा तीन नेपाली ड्राइभरले सहभागिता जनाउने भएका हुन् ।
विभिन्न विधा समावेश रहेको मोटरस्पोर्ट गेम्समा नेपाली टिमले दुई विधामा भाग लिने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले जनाएको छ । इ- स्पोर्ट्स जिटी (इस्पोर्ट्स जिटी) विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नुहुनेछ भने कृष्णप्रसाद पौडेल र प्रज्ञा कँडेलले अटो स्लालममा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँहरूले चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, स्किलस र स्पिडको प्रदर्शन गर्ने एसोसिएसनले जनाएको छ ।
सुरुवातमा कार्ट्स ड्राइभर रहनुभएका दिप्रश शाक्य नेपाली सिम-रेसिङका उत्कृष्टमध्येका ड्राइभर हुनुहुन्छ भने कृष्णप्रसाद पौडेल एसिया प्यासिफिक अटोजिमखाना च्याम्पियनसिपका प्रतिस्पर्धी र एथलेट कमिसनका संयोजकसमेत हुनुहुन्छ । त्यसैगरी बैंक अफिसर रहनुभएकी प्रज्ञा नेसनल अटोक्रसकी सफल प्रतिस्पर्धी तथा मोटर स्पोर्ट्स लाइसेन्स होल्डर ड्राइभर हुनुहुन्छ । प्रत्येक दुई वर्षमा हुने सो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका पचासौँ देशका खेलाडीहरूसँग प्रतिस्पर्धा हुने हुँदा नेपाली खेलाडीले यसलाई आफ्नो कौशलता प्रदर्शन गर्ने ठूलो अवसरका रूपमा लिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच