काठमाडौं । न्यूजील्याण्डले आइसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो ।
न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।
योसँगै न्यूजील्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यस अघि महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच