
काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्न आफ्नो मोबाइल बैंकिङ सेवाको स्तर वृद्धि गरी थप सेवासहितको मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालनपछि ग्राहकले मोबाइल एक, फाइदा अनेक लिन सक्नेछन् । एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकाले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले गर्ने सुरक्षित कारोबारका लागि सुरक्षा प्रश्नहरू राख्न सक्नुका साथै ग्राहकले प्रयोग गर्ने डिभाइस ग्राहक स्वयंको हो, होइन पहिचानसमेत गर्न सक्ने बताइएको छ । ग्राहकले मोबाइल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्नेछन् ।
साथै अन्य थप गरिएको सुविधामा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नवीकरण, इ-कमर्स कार्ड सक्रिय, भाषा छनोट, विदेशी मुद्रा विनिमयदर, ब्याजदर, कारोबार सीमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाबारे जानकारी, भेटघाटका लागि अनुरोध, कारोबार सफल नभएमा कारोबार दाबी गर्न सकिने, बैंकले दिने विभिन्न सूचनाको जानकारी लिन सकिने, गुनासो तथा सुझाव दिन सकिने, चेक बुक अनुरोध गर्न सकिने, विभिन्न भुक्तानीको तालिका राख्न सकिनेलगायतका सुविधाहरू रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच