बागलुङ । बागलुङको गलकोट नगरपालिकाले सबै बस्तीमा सडक पुर्याएको छ । पालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ सडकको ट्रयाक खोल्न बन्द गरेको हो । अब पालिकाले सडकलाई फराकिलो र स्तरीय बनाउन तर्फ लाग्ने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नगरपालिका स्थपान हुन पूर्वनै गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब २२० किलोमिटर बढी सडक निर्माण गरेको उहाँको भनाइ छ ।
नगरपालिकाभर नयाँ तथा पुराना गरि ५५० किलोमिटर ग्रामीण सडक रहेको प्रमुख गैरेले जानकारी दिनुभयो । वर्षौँ अगाडि निर्माण भएका तथा नयाँ ट्रयाक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने उहाँको भनाइ छ । नगरपालिकाको ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक संचालन हुने गरि काम गरि रहेको गैरे बताउनुहुन्छ ।
यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारदेखि कोटमैदानसम्म र नरेठाँटीदेखि दुदिलाभाटीसम्मको सडक यस वर्ष कालोपत्रे गर्न थालेको उहाँको भनाइ छ । पोहोर साल हटिया-हरिचौर-ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी-दुदिलाभाटी सडक स्तरोन्नती गरिएको प्रमुख गैरे बताउनुहुन्छ ।
“गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँ-गाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ,” प्रमुख गैरेले भन्नुभयो - “अधिंकाश बस्तीमा सडक पुगि सकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अति आवश्यक परेको ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतीमा ध्यान दिन्छौँ ।”
गत वर्ष करिब २० सडक स्तरोन्नती गरेको भन्दै यस वर्ष पनि दर्जन बढी सडक स्तरीय बनाउने उहाँको भनाइ छ । नगरपालिकाले पोहोर सालदेखिनै सडक गुरु योजना बनाएर काम गरि रहेको गैरेले बताउनुभयो । सात वर्षको अवधिमा करिब २० किलोमिटर ढलान तथा कालोपत्रे, ८० किलोमिटर ग्राभेल, पाँच वटा मोटरेवल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका-५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँद धुलोले आजित बनाएको भन्दै अहिले सडक कालोपत्र भएपछि सहज भएको बताउनुभयो । दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको भन्दै अहिले स्तरोन्नति भएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच