
काठमाडौं । हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन-२ आउने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रोमो सार्वजनिक गरिएको थियो । सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना अनुरूप कलाकारहरूमा केही परिवर्तन र मेकिङमा पनि थप स्तरीय बनाउँदै दोस्रो सिजन ल्याइएको बताउनुभयो ।
उहाँका अनुसार आगामी सोमबारबाट दोस्रो सिजन प्रसारण हुनेछ । सिरियल एपिवन टेलिभिजनमा ८ बजे र भटभटे माइला युट्युब च्यानलमा ८ः३० बजे प्रसारण हुनेछ ।
प्रोमो सार्वजनिक कार्यक्रममा शिवहरि पौडेल, शंकर आचार्य, कृष्ण सिवाकोटी, किशोर भण्डारी, लोकेन्द्र लेखक, सुरज चापागाईं, मरिचमान श्रेष्ठ, सुबोध गौतम, दिनेश काफ्ले, सुरेश थापालगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच