काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएकाे पहिलाे खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनकाे राेमाञ्चक जित हासिल गरेकाे छ । अन्तिम बलमा दुई रन लिन नसक्दा लुम्बिनी स्तब्ध हुन पुग्याे ।
एनपिएलको उद्घाटन खेलमै जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै आफ्नो जितको यात्रा तय गरेको उसले यस अघिका चारै खेलमा जित हासिल गरिसकेको छ ।
आजसहित प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हात पारेकाे छ । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो ।
आफ्नो दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको थियो । यस्तै आफ्नो तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो।
एनपिएल सुरु हुनु अघि एनपीएलका ८ टीम मध्ये धेरैले जनकपुरलाई यो प्रकारको प्रदर्शन गर्नेमा आँकलन गरेका थिएनन् । तर, जनकपुरको प्रदर्शन प्रत्येक टीमसँग रोमाञ्चकमात्र होइन झन्झन् कसिँदै गएको देख्न सकिन्छ ।
ब्याटिङ लाइन् लयमा गरिरहेको जनकपुरका बलरहरु पनि लयमा देखिएका छन् । जसकाे उदाहरणका रुपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेललाई लिन सकिन्छ । जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेट्नु त्यसकाे दर्विलाे उदाहरण हाे ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाए । त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो ।
जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए ।
त्यस्तै लाहिरु मिलन्थाले २३ बलमा दुई चौकाको सहयोगमा २४ रन बनाए । शुभ कंसाकरले २४ बलमा अविजित २२ रन बनाए । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै आउट भएका थिए ।
लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेक गौतमले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई/दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे ।
यससँगै लुम्बिनीको यो लगातार चौथो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच