
काठमाडौं । चलचित्र ‘द्रौपदी’ आगामी चैतमा देशभरका सिनेमाघरमा आउने भएको छ । चलचित्र सेन्सर बोर्ड सदस्यसमेत रहनुभएका ऋषिराज आचार्य निर्देशित यो चलचित्र चैत ८ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको हो । निर्मातासमेत रहनुभएका आचार्यले वितरकसँग छलफलबाट प्रदर्शन मिति टुंगो लागेको जानकारी दिनुभयो ।
सामाजिक कथामा निर्माण भएको यो चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी, निर्देशक आचार्यलगायतको अभिनय छ ।
आरबी मुभिजको ब्यानरमा निर्मित चलचित्रमा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको चलचित्रमा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता हुनुहुन्छ । पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । आचार्यले यसअघि ‘मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रिम गर्ल, चुरीफुरी’ जस्ता चलचित्र निर्देशन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच