काठमाडौं । चलचित्र ‘कार्साङ’ २६ पुसदेखि सिनेमाघरमा आउने तयारीमा छ । यो चलचित्रमा शेर्पा समुदायको कथा पस्किएको निर्माणपक्षले जनाएको छ । दयाहाङ राईको चरित्रमार्फत उक्त समुदायको संस्कृति, आञ्चकलिता र परिवेशलाई प्रस्तुत गरिएको जनाइएको छ । केही दिनअगाडि सार्वजनिक टिजरले पनि चरित्र चित्रण र सन्दर्भलाई प्रस्तुत गरेको छ ।
टिजरबाट चलचित्रले उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको निर्देशक याम शेर्पाले बताउनुभयो । चलचित्रमा जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ । सरसापटीले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगा लगाउन चाहने सन्तानको सपना पूरा गर्न नसक्ने चरम गरिबीको कथा यसमा छ ।
निर्देशक स्वयंले लेखेको यो चलचित्रमा डेब्यु अभिनेत्री सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा हृयोल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्यदीप गौतम, विमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवनकुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय छ । यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका प्रधान नै छायांकार हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच