काठमाडौं । जी पुन (जितबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । चीनबहादुर पुन र राधा पुनको शब्द र बबिता पाख्रिन तथा दीपा तामाङको सहायक स्वर रहेको गीतमा दीका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ ।
जी पुन र देव दोर्जे लामाको निर्देशन रहेको भिडियोमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन, खिम माया पाइजा पुनको अभिनय छ । म्याग्दीको काफल डाँडामा छायांकन गरिएको गीतले पुन समुदायको सांस्कृतिक विविधतालाई देखाएको छ ।
राजेन्द्र गुरुको कोरियोग्राफी, सविन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर, सीता तामाङको मेकअप र सुरज लामाको सम्पादन, छायांकन तथा ड्रोन रहेको भिडियोको पोष्ट प्रोडक्सन जीएस प्रोडक्सनमा गरिएको हो । भिडियो जी पुन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच