✍️ मनोजकुमार कर्ण
भूमिका :
विक्रम सम्वत् २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना हुँदा नेपाली कांग्रेसका एक शीर्ष नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको विचारविपरीत तर नेकपा एमालेका तात्कालीन महासचिव माधवकुमार नेपालको चाहनामा नेपाल प्राध्यापक संघका अतिरिक्त राजनीतिक दल एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठनले विधिवत् सरकारको घरमा संस्था दर्ता गराएपछि मात्र साल २०६३ भदौ २ गते नेपाली कांग्रेसको लोकतान्त्रिक विचार निकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको दर्ता बाध्य भएर गरियो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष हाल प्राडा.वेद केसी हुन् भने प्रप्रासंघका अध्यक्ष २०७३ साल फाल्गुण २० र २१ गते त्रिवि स्मृतिभवनमा सम्पन्न महाधिवेशनपछि लगातार आठौं वर्षदेखि विना महाधिवेशन उनै सहप्राध्यापक जगतप्रसाद तिमल्सिना हुन् । सोही नेपाल प्रगतिशील प्राध्यापक संगठनबाट छुट्टिएर जंगलबाट सार्वजनिक जीवनमा फर्केका प्रचण्ड नेतृत्वका माओवादीहरूले सगोलमा रहँदा नेपाल राष्ट्रिय प्राध्यापक संगठन खोले, नयाँ राजनीतिक रङ दिनलाई भनेर जसको वर्तमान अध्यक्ष प्राडा.बालमुकुन्द रेग्मी हुन् ।
पछि माओवादी पार्टी फुट्दा मोहन वैद्य समूहले प्राडा.जगदीशचन्द्र भण्डारीको नेतृत्वमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन नाम राखेर अलगै प्राध्यापक संगठन चलाएको छ भने एमालेबाट माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्दा प्राडा.गोविन्द सुवेदीको नेतृत्वमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन बनेको छ । उता मधेसवादी दलहरूले पनि साविकको तराई मधेस लोकतान्त्रिक पार्टी हाल लोकतान्त्रिक समाजवादी पार्टीले उदयकिशोर तिवारीको नेतृत्वमा लोकतान्त्रिक प्राध्यापक संघ खोले ।
विभिन्न प्राध्यापक वैचारिक समूहहरूले नै सबै विश्वविद्यालयका छाता संगठन नेपाल प्राध्यापक संघ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघलगायत अन्य विश्वविद्यालयमा पनि प्राध्यापक संघ अधिवेशनमार्फत् पहिला विश्वविद्यालयमा अनि पछि छाता नुटा केन्द्रमा महाधिवेशन गर्न क्षमता अनुसार प्रतिनिधि पठाउँछन् ।
सिनियर जुनियरको विवादमा नेतृत्व कसले गर्नेमा टुंगो नलाग्दा तिवारीलाई लोकतान्त्रिक प्राध्यापक संघमै छाडेर उपप्राध्यापक डा.पवनकुमार झाले पहिला विजयकुमार गच्छेदारको मधेसी जनअधिकार फोरम निकट रहे अनि फोरमलाई कांग्रेसमा विलय गराएपछि हाल डा.झा उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी निकट समाजवादी प्राध्यापक संघ नामक प्राध्यापक समूह खोलेर अध्यक्ष बनेका छन् । एउटा प्याटर्न के देखिन्छ भने प्रप्रासंघमा तिमल्सिना चौथो अध्यक्ष हुनुअघि समयमै तीन–तीज वर्षमा महाधिवेशन सम्पन्न भएका हुन् भने डेपानर प्रप्रासंघ जस्तै उदय तिवारी, पवन झा, मोहन वैद्य निकट प्राडा.भण्डारी र नेकपा एकीकृत प्रगतिशील प्राध्यापक संगठनका गोविन्द सुवदीहरूमा उही अनुहारहरू सधैं अध्यक्षमा देखिन्छन् ।
यी विभिन्न प्राध्यापक वैचारिक समूहले सबै विश्वविद्यालयका छाता संगठन नेपाल प्राध्यापक संघ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघलगायत अन्य विश्वविद्यालयमा प्राध्यापक संघहरू अधिवेशनमार्फत् पहिला विश्वविद्यालयमा अनिपछि छाता नुटा केन्द्रमा महाधिवेशन गर्न क्षमतानुसार प्रतिनिधि पठाउँछन् । क्षमताको हिसाबले निर्वाचनको परिणाम अनुसार हेर्दा प्रप्रासंघ सबभन्दा ठूलो रहेको गत साउन २०८१ मा त्रिविको सिनेटरको चुनावमा पाँच सिटमध्ये एक्लैले ३ सिट अर्थात्, ६० प्रतिशत सिट जितेर प्रमाणित गरेको छ, यही अनुपात नुटा–टुटा सबैमा यसको उपस्थिति रहेको देखाउँछ ।
नियमावली कस्तो रहेको छ भने पहिला विश्वविद्यालयहरूको अधिवेशन सकाउने अनि बल्ल नुटाको महाधिवेशन हुने । यसरी त्रिविमा टुटाको अधिवेशन साल २०७५ मा सम्पन्नबाट निर्वाचित नै अहिलेसम्म नुटाको पुरानै टिमसहित छन् । यस लेखको आशय आमप्राध्यापकको धारणा अनुसार टुटा र नुटाका अधिवेशनहरू किन यति लामो समय बित्दा र टुटाले यसअघि गत २०८० साल मंसिर ८, ९ र १० गते अनि त्यो सफल नहुँदा पुनः गत २०८१ साल असार ७ र ८ गते तोकिँदा पनि सम्पन्न हुनसकेन, यसबाट के प्रभाव परिरहेका छन् र अब के समाधान हुनसक्छ, तीबारे सतहमा छलफलका लागि ल्याउनु हो ।
अस्तव्यस्त प्राध्यापक संघहरू, चौतर्फी हस्तक्षेप :
नुटा र टुटाका अधिवेशनहरू समयमा सम्पन्न हुन नसक्नुमा प्रप्रासंघबाहेकका प्राध्यापक समूहहरूले प्रप्रासंघको आन्तरिक कलहलाई जिम्मेवार ठहराएको कुरा गतवर्षको मंसिरमा आएको थियो । यो अर्धसत्य मात्र हो । अवश्य अन्य प्राध्यापक समूहमा जस्तै प्रप्रासंघ ठूलो समूह भएकाले यसमा आकांक्षी बढ्दा जिम्मेवारी बाँडफाँडको असन्तुष्टि छ किनकि अध्यक्ष तिमल्सिना शक्तिमा बसिरहन वा माध्यमद्वारा बनिरहन चाहन्छन् । के कस्ता गतिविधि उनले गरे जसकारण शक्ति उनलाई अनिवार्य भएको हो, त्यो उनकै बाध्यताले देखाउँछ, अनुसन्धानको विषय हो ।
यो एउटा सत्य हो नै कि डेपानमा तेस्रो कार्यकाल उनले अवैधानिक रूपमा अध्यक्ष पद खाइरहँदा सयौं अन्य डेपानमा रहेकाहरूको मौका खोसे, कति अवकाश प्राप्त गरे । कार्यरत्ततमध्ये नै अध्यक्ष तिमल्सिनाले टुटा-नुटा, डेपान सबैतिर आफ्नै गुट योग्य देख्दा समस्या उब्जेको हो । तर टुटा र टुटाका अधिवेशनहरू २०८० को मंसिरमा प्रप्रासंघका अध्यक्ष जगत तिमल्सिनालाई प्रचण्ड माओवादी निकट प्राध्यापक संगठनले प्रप्रासंघको भोटले टुटा–नुटामा माओवादी प्राध्यापकलाई पनि पदाधिकारी बनाउनलाई स्वयं सो बेला कांग्रेस-माओवादी केन्द्रका संयुक्त सरकारका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा अलायन्स जस्तै शुभेच्छुक र भ्रातृ संघसंगठनमा पनि अलायन्स गर्ने नाजायज दबाव दिँदा प्रप्रासंघका असली सिपाहीहरूले आफ्नै अध्यक्ष तिमल्सिनाको पनि गलत मनशाय बुझेर परिस्थिति प्रतिकूल बनाएका थिए ।
सोही घटना गत असारमा प्रप्रासंघसँग दोहरियो तर यसपालि माओवादी प्राध्यापकको ठाउँ एमाले निकट प्राध्यापकहरू नेपाल प्रगतिशीलबाट थिए तर असली यी अधिवेशनमा भाँजो हाल्नेहरूको नाम कम्युनिष्टहरू बाहिर ल्याउँदैनन् । माथिका दुई ठूला कारणबाहेक तेस्रो अति महŒवपूर्ण कारण टुटा अधिवेशनमा बिघ्न पर्नुमा केन्द्रीय क्याम्पस, कीर्तिपुर, त्रिचन्द्र क्याम्पस र सानोठिमी क्याम्पसमा टुटा एकाइहरूले सर्वसम्मत वा प्रक्रियाद्वारा विवादरहित ढंगले प्रतिनिधि नपठाउँदा मुद्दा पर्नु हो । यसपछि टुटाकै केही वर्तमान पदाधिकारी, कम्तीमा दुईजनाको बिना कुनै पर्फोर्मेन्स पदमा दोहरिने इच्छाले वातावरण आफू अनुकूल नहोउन्जेल सेलाएर अधिवेशन अट्केको हो किनकि एकजना पदाधिकारीले नै दुई चोटि टुटाबाट पत्र लिएर केन्द्रीय क्याम्पस एकाइलाई विवाददित प्रतिनिधि पुनस् पठाउका लागि कहिले पानीमा भिज्यो भने कहिले हरायो, च्यातियो भनेर पत्र नै बुझाएनन् ।
तेस्रोपटक गत साउन महिनामा यही स्तम्भकारले टुटाबाट पत्र लिएर केन्द्रीय क्याम्पस टुटा एकाइमा दर्ता गरायो । ज्ञातव्य छ, त्रिचन्द्र र केन्द्रीय क्याम्पस एकाइमा डेपान अध्यक्ष तिमल्सिनाकै नजिक टुटा सभापतिहरू छन् भने सानोठिमीमा प्रचण्ड माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठनका टुटा एकाइ सभापति हुन् । यहाँसम्म कि त्रिचन्द्र क्याम्पसमा विवादरहित ढंगले पुनः प्रतिनिधि चयन गरी पठाऊ भन्ने पत्र लिएर स्वयं निर्वाचन समिति, २०७९का अध्यक्ष प्राडा.ध्रुव भट्टराई जाँदा त्यहाँबाट नुटामा पदाधिकारी रहेका एकजना ठूलै नेताबाट झाडप व्यहोनुप¥यो । कारण जेले टुटा-नुटाका अधिवेशन र महाधिवेशन रोकिए पनि दोष भने डेपानका असन्तुष्ट समूहमाथि सजिलै थोपरिएर चोखिने गरिन्छ, जुन अनैतिकता हो ।
यस्तै मेरिटोक्रेसीमा प्रथमपटक त्रिविको भिसी विज्ञापनबाट नियुक्त गर्ने २०८० को पुस २० देखि फागुन १० गतेसम्मका गतिविधिले कांग्रेस–माओवादीका संयुक्त प्रचण्ड सरकारले आखिरमा डेमोक्रेटविहीन सर्च र विज्ञ कमिटी गठन गरेर ४१ जनामध्येबाट १४ जनाको सर्ट लिस्ट गरी अन्त्यमा तीनजना डेमोक्रेटविहीन ९१० प्राडा.चित्रबहादुर बुढाथोकी, ९२० प्राडा.केशरजङ बराल दुवैजना माओवादी निकट र ९३० प्राडा.टंकनाथ धमलाको नाम सिफारिश गरे । दुई नम्बरबाट अन्ततः भिसी बन्न सफल बरालले त्रिविबाट दलीय राजनीति हटाई स्वायत्तता, प्राज्ञिक स्वतन्त्रतामा अनुसन्धान, प्राज्ञिक गतिविधि शैक्षिक क्यालेन्डर अनुसार चल्ने सार्वजनिक प्रतिबद्धता आमसञ्चार, त्रिविकै फेसबुक पेजलाई अन्तर्वार्ता दिएका भए पनि व्यवहारमा भने सबै उल्टो देखिन्छ ।
टुटा-नुटाका पदाधिकारी जाँदा लोकतन्त्रमा अधिवेशन कहिले भन्ने नैतिकता खोजेर आफू भने धमाधम कर्मचारीको सरुवामा माओवादी वामपन्थीकरण गर्ने, समाजशास्त्र केन्द्रीय विभागको अध्यक्षमा मेरिटोक्रेसीलाई बिर्सेर आफ्नै राजनीतिक लगाव रहेको माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको प्रायोजित मार्चपासमा वामपन्थी मान्छे रोजे । भिसी बरालले सावधिक पदमा डिन, डाइरेक्टर, डिपुटी कन्ट्रोलर, क्याम्पस चिफलगायत पदमा आफ्ना निकटका मान्छेको सर्ट लिष्टमा सेलेक्सन र विज्ञ कमिटीमार्फत् धाँधली गरी सर्ट लिष्टिङ गराइरहेका पीडित बताउँछन् ।
त्यस्तै, के देखिन्छ भने गत साउनमा त्रिविको स्वायत्तताविपरीत रास्वपाबाट तत्कालीन शिक्षामन्त्री र सहकुलपति सुमना श्रेष्ठलाई त्रिवि परिसरभित्र दलकी नेतृलाई पस्न दिएर ट्रकका ट्रक प्रहरी राखेर समाजशास्त्रको प्राध्यापक पदको अन्तर्वार्ता लिई नतिजा पनि प्रकाशन गराउनुभयो । सोही क्रममा कतिसम्म देखियो भने भिसी बरालले आफ्ना कुरा निर्णय गराएर लाद्न कहिले आफ्नै विचार निकट विद्यार्थी समूहलाई रेक्टर कार्यालयमा तोडफोड गर्दा वा रजिष्ट्रार कार्यालयमा गत भदौमै २४ घण्टा बढी सोफामा सुतिदिँदा नबोलिदिनेमात्र होइन कि रेक्टर र रजिष्ट्रारलाई मैले कुलपतिबाट नियुक्ति गराएको हुँ, दलले होइन भनी हरेक बिहान निजी निवासमै बोलाएर निर्देशन दिइने अवस्था आयो ।
नेपाली समाजमा उच्च शिक्षाप्रति देखिएको निराशा हटाउनलाई पहिला प्राध्यापक अधिवेशनमा केवल ब्याग लिने, भात खाने अवसर नबुझी आफ्नो दायित्व पूरा गर्नलाई जिम्मेवार हुनुपर्छ नत्र म र हामीजस्ता अनैतिकले प्राध्यापन गरेका उत्पादन भोलि पदलोलुप भई देश र संसारभरि बसिदिँदा कस्तो अवस्था हुनेछ भनी सम्वेदनशील हुनैपर्छ ।
अलावा कतिसम्म भिसी बरालमा पक्षधरता त्रिविमा देखियो भने आफ्नै वाचा त्रिविबाट दलीय राजनीति हटाउँछुको विपरीत आजसम्म पूर्वभिसीहरू प्राडा.तीर्थराज खनियाँ वा प्राडा.धर्मकान्त बाँस्कोटाहरूले नगरेका गल्ती गत भदौ महिनामा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीलाई महाधिवेशन गर्न भनेर न केवल त्रिवि स्मृति भवन एकसाताका लागि उपलब्ध गराए, अपितुः त्यससँगै रहेको टुटाको बैठक कक्ष पनि निर्वाचन कार्यकक्ष राख्नलाई भिसी अफिस र कर्मचारी प्रशासनको दुरुपयोग गरी दिलाए । ती विद्यार्थीहरूले विवादमा अधिवेशन सम्पन्न गर्न सकेनन् तर स्मृति भवन र टुटा अफिस टुटाए, खुकुरी भाँजे तर यतिमै सीमित नरही भिसी बरालमा माओवादीप्रतिको मोह गत यही मंसिर १३ गते मोहन वैद्यको नेकपा माओवादीको महाधिवेशन गर्नलाई पुनः स्मृतिभवन र १४ गते वैद्यका लागि टुटा अफिस दिन टुटा सभापतिलाई दबाब दिए । यो भिसीको कुन नैतिकताभित्र प¥यो भन्ने कुरो टुटा–नुटा नेतृत्वको नैतिकता खोज्ने भिसीमा आमप्राध्यापकले खोजिरहेका छन् ।
यता टुटा-नुटामा अधिवेशनहरू नहुँदा पदाधिकारी केहीले जायज बैठक नभए पनि संस्थाको पैसाले खाने, जथाभावी ट्याक्सी आदि बिल पेस गर्ने, अनैतिक गतिविधि रोक्ने आमप्राध्यापकलाई भने मेरै टुटा-नुटा हो जस्तो छैटौं वर्षमा कार्यकाल गए पनि उल्टै त्यहाँ कार्यरत कर्मचारीलाई दबाएर निजी घरको नोकर जस्तो बन्न बाध्य पारी अपमान गर्न लगाउने, अन्य अफिसबाट अनैतिक केही कर्मचारीले ड्युटी छलेर टुटा–नुटामा गएर एकान्तमा गफिने, गलत व्यवहार जस्ता कर्म गर्छन् ।
अब महाधिवेशनहरू नरोकौं
नैतिकताको परिभाषा इम्यानुएल कान्टले एब्सोल्युटिस्ट बनी जीवन भनेको सिद्धान्तमा चल्ने भएकाले बनाएको सिद्धान्तलाई कुनै पनि हालतमा पालना गर, एक चोटीका लागि भनेर सिद्धान्तबाट विचलित नहोऊ भन्छन् तर कान्टको यस एब्सोल्युटिष्ट सिद्धान्तविपरीत जौन स्टुआर्ट मिल भने नैतिकता इथिक्स र मोरालिटीको परिभाषा एकजनालाई बली दिएर सिंगो गाउँ बच्न सक्छ भने देऊ भन्ने बुझ्छन् । उनले यदि आफ्नै सिद्धान्तविपरीत धेरैको कल्याण हुन्छ भने त्यो काम गर भनेर थ्योरी अफ युटिलिटीको कुरा इथिक्समा पर्छ भन्छन् ।
टुटा र नुटाका अधिवेशनहरूमा प्रप्रासंघको अधिवेशन यदि वामपन्थी, अन्य समूहका प्राध्यापकहरूले नहुनुलाई समस्या देखेका छन् भने डेपानभित्र अध्यक्ष जगत तिमल्सिनाले प्रतिस्पर्धीहरूको आवाज पुष्टि हुन गयो भनेर तत्काल डेपानको अधिवेशनमा गुटबन्दी त्यागेर अगाडि बढ्न हरेक विकल्पका लागि तयार हुनैपर्छ । बिगारे उनले भने सपार्नेमा अब सहज हुनैपर्छ ।
उनी स्वार्थवश नमाने जौन स्टुआर्ट मिलको सिद्धान्तमा सिंगो डेपान, टुटा-नुटा जोगाउनलाई बाँकी डेपान र नेपालका उच्च शिक्षाका शुभेच्छुक चिन्तकले विकल्प निकाल्नैपर्छ, कति सहने डेपानका विधानतः गलत प्रतिनिधि २०७८ सालमा एकाइ क्याम्पसबाट धेरै आएर पनि समय बितिसकेकाले अब एउटा कार्यरत, डेपानका सबै वा प्रायः पत्याउने साझा, डेपानको आसन्न अर्को महाधिवेशनमा भाग नलिने गरी योग्य, क्षमतावान, सक्दो वरिष्ठ, कार्यरत्त प्राध्यापकको नेतृत्वमा बढीमा छ महिनाभित्र विधान अधिवेशन गर्नलाई तदर्थ समिति गठन गरिदिनुपर्छ ।
डेपानको अधिवेशनको समस्या हटेपछि त्रिवि पदाधिकारीले जुन समूहको जति मत क्षमता छ, सोही अनुसार एकल संक्रमणीय मतभार अनुसार प्रत्यक्ष निर्वाचनबाट टुटाको अधिवेशन सम्पन्न हुन दिन कुनै अदृश्य चलखेल नखेली सहयोग गर्नुपर्छ । त्यसपछि नुटाको महाधिवेशनको बाटो खुल्नेछ । नेपाली समाजमा उच्च शिक्षाप्रति देखिएको निराशा हटाउनलाई पहिला प्राध्यापक अधिवेशनमा केवल ब्याग लिने, भात खाने अवसर नबुझी आफ्नो दायित्व पूरा गर्नलाई जिम्मेवार हुनुपर्छ नत्र म र हामीजस्ता अनैतिकले प्राध्यापन गरेका उत्पादन भोलि पदलोलुप भई देश र संसारभरि बसिदिँदा कस्तो अवस्था हुनेछ भनी सम्वेदनशील हुनैपर्छ । (कर्ण पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुरका उपप्राध्यापक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच