
काठमाडौं । चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित हुनुभएको छ । चलचित्रमा उहाँको भूमिकाबारे भने खुलाइएको छैन । यसअघि नै चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो । सपुतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनुहुने छ ।
‘सोल्टिनी’ भोजपुरको कुनै गाउँमा आधारित रहनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ ।
चलचित्रमा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङलगायत अनुभवी कलाकारको अभिनय रहनेछ । प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले चलचित्रका लागि संगीत दिनुहुनेछ भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिनुभएको छ ।
प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माता रेजिना विष्ट र संसार चौलागाईं हुनुहुन्छ भने सह–निर्मातामा वसन्त कटुवाल र सुजन अधिकारी रहनुभएको छ ।
ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नुहुनेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ । २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको यस चलचित्रको छायांकन पुस १५ बाट आरम्भ हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच