काठमाडौं । ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा नेपालका चर्चित कलाकारहरूले क्याट वाक गरेका छन् । दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजना गरिएको फेशन सोमा प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्केलगायतले कलाकारले शो टपरको रुपमा र्याम्पमा क्याट वाक गर्नुभएको हो ।
चर्चित डिजाइनरले बनाएका लुगामा उनीहरूले मोडलकासाथ क्याट वाक गरेका थिए । फेशन शोमा कलाकारबाहेक पुरुष र महिला गरेर ३० मोडलले विभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प वाक गरेका थिए । प्रारम्भ प्रोडक्सनको आयोजना रहेको फेशन शोमा विभिन्न नौ सिक्वेलमा स्वयं गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुुस् क्रियसन, वेरा बाई जारा, राजन शाहलगायत डिजाइनर्सका आकर्षक र नवीनतम् पहिरन र्याम्प प्रस्तुत भएको थियो ।
हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेशन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेशन प्रेमीलाई जानकारी दिने र फेशन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक प्रारम्भ प्रोडक्सनका फाउण्डर निर्देशक पवन आचार्यले जानकारी दिनुभयो । करिब तीन घण्टा चलेको शोमा कलाकार, व्यवसायीलगायत विभिन्न व्यक्तिहरूको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच