
नयाँदिल्ली । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उहाँको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारका अनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित हुनुहुन्थ्यो । परिवारका अनुसार उहाँ पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना हुनुहुन्थ्यो । उहाँको अवस्था बिग्रिएपछि आईसीयूमा भर्ना गरिएको थियो । उहाँले त्यहीँ अन्तिम श्वास फेर्नुभयो ।
जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण अर्पण गरिएको थियो ।
उहाँका पिताको नाम उस्ताद अल्लाहराखा कुरैशी र आमाको नाम बावी बेगम थियो । जाकिरका पिता अल्लाह राखा पनि तबला वादक हुनुहुन्थ्यो । जाकिर हुसैनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गर्नुभएको थियो । उहाँले मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गर्नुभयो । हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गर्नुभएको थियो ।
सन् १९७३ मा उहाँले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वल्र्ड’ सार्वजनिक गर्नुभएको थियो । हुसैनले सन् २००९ मा पहिलो ग्रामी पुरस्कार प्राप्त गर्नुभएको थियो । सन् २०२४ मा उहाँले तीन फरक एल्बमका लागि तीन ग्रामी जित्नुभयो । उहाँले चार वटा ग्रामी अवार्ड जित्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच